काठमाडौं । मंगलबार ओरालो लागेको शेयर बजारमा बुधबार भने नयाँ रेकर्ड कायम भएको छ । आज नेप्से परिसूचक १५.८७ अंकले बढेर २३४२.७६ अंकमा पुगेसंगै शेयर बजारमा नयाँ रेकर्ड कायम भएको हो ।
आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । बुधबार सेन्सेटिभ इन्डेक्स ि०.१८ अंकले बढेर ४४३ अंकमा पुग्यो ।
बुधबार कारोबारमा आएका होटल, उत्पादन तथा प्रशोधन, अन्य, ट्रेडिङ र बैकिङ्ग समुह बाहेक अन्य सबै समुहको सूचक बढ्यो । होटलको सूचक १.१२ प्रतिशत घट्यो । त्यस्तै, उत्पादन तथा प्रशोधन समुहको १.०५ प्रतिशत घट्यो ।
सबैभन्दा धेरै जीवन बीमा समुहको सूचक ४.६७ प्रतिशत बढ्यो । त्यस्तै, ४.२६ प्रतिशत, विद्युतको ३.०६ प्रतिशत बढ्यो ।
आज २११ कम्पनीको १ करोड ५९ लाख ८१ हजार ९ सय ५२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २१ करोड ९ लाख ६६ हजारको कारोबार भयो ।
बुधबार सबैभन्दा धेरै बेस्ट फाइनान्सका शेयर धनीले कमाए । फाइनान्सको शेयर मूल्य ९.९४ प्रतिशत बढ्यो । त्यस्तै, कर्पोरेट विकास बैंकको ९.९३ प्रतिशत बढ्यो ।
सबैभन्दा धेरै गुमाउनेमा विशाल बजार कम्पनीका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ३.९५ प्रतिशत घट्यो ।
बुधबार सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्सले गर्यो । इन्स्योरेन्सले ६१ करोड ४० लाखको कारोबार गर्यो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।