काठमाडौं । नेपाल बैंक लिमिटेडले युवा लक्षित युवा बचत खाता संचालनमा ल्याएको छ ।
युवाहरूलाई आत्मनिर्भरता तर्फ अघि बढाउने उद्देश्य सहित बैंकले एनबिएल युवा बचत खाता ल्याएको हो ।
युवा बचत खातामा धेरै लाभकारी सुविधाहरू रहेका छन् । युवाहरुले शुन्य मैज्दातमा निःशुल्क खाता खोल्न सक्ने छन् । साथै बैकले निःशुल्क मोबाइल बैंकिङ् , निः शुल्क मेरो शेयर खाता, निः शुल्क भिसा कार्ड, निःशुल्क डिम्याट खाता खोल्न सक्ने सुविधा दिएको छ ।
यस्तै निःशुल्क आश्वा, शैक्षिक कर्जा तथा घर कर्जा र आन्तरिक रेमिट्यान्स जस्ता सुविधाहरु ल्याएको बैंकले जनाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।