add

सेयर बजारमा सामान्य गिरावट,साढे ७ अर्बको कारोबार






ActPro Nepal

|

६ माघ, २०७७

|
1804

काठमाडौं । लगातार रेकर्ड कायम गर्दै बढेको शेयर बजार मंगलबार भने ओरालो लागेको छ । आज नेप्से परिसूचक ५.५७ अंकले घटेर २३२६.९० अंकमा झरेको छ ।

मंगलबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । सेन्सेटिभ इन्डेक्स २.८५ अंकले घटेर ४४२.८२ अंकमा झरेको छ ।

आज फाइनान्स, जीवन बीमा र ट्रेडिङ बाहेक अन्य सबै समुहको सूचक घट्यो । फाइनान्सको सूचक ३.५७ अंकले बढ्यो । त्यस्तै, जीवन बीमाको ५.५५ प्रतिशत र ट्रेडिङको १.३५ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै अन्य समुहका सूचक घट्यो । अन्य समुहको १.५१ प्रतिशत घट्यो । त्यस्तै, होटल समुहको १.२८ प्रतिशत, र्निजीवन बीमाको १.१५ प्रतिशत घट्यो ।

मंगलबार कारोबार रकममा भने वृद्धि भएको छ । आज २०६ कम्पनीको १ करोड ६३ लाख ५ हजार १४१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड ७४ लाखको कारोबार भयो ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्स, गोर्खाज फाइनान्स र पोग्रेशिभ फाइनान्सका शेयर धनीले कमाए । यी तिनै कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, कर्पोरेट विकास बैंकको ९.९५ प्रतिशत, नारायणी विकास बैंकको ९.८७ प्रतिशत, जानकी फाइनान्सको ९.८५ प्रतिशत र प्रभु लाइफ इन्स्योरेन्सको ९.७९ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा सर्पोट लघुवित्तका शेयर धनी छन् । लघुवित्तको शेयर मूल्य ७.७४ प्रतिशत घट्यो । त्यस्तै, च्याङ्दी हाइड्रोपावरको ५ प्रतिशत घट्यो ।

मंगलबार सबैभन्दा धेरै कारोबार नेपाल लाइफले गर्यो । कम्पनीले ९१ करोड ९७ लाखको कारोबार गर्यो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.