हस्तकला क्षेत्र मेरो परिवारको लागि नयाँ क्षेत्र थियो । पुख्र्यौंली पारिवारिक व्यवसायको रुपमा म हस्तकला क्षेत्रमा प्रवेश गरेको होइन । साथै घरको कमजोर आर्थिक अवस्थाको कारण बाल्यकाल देखि नै उनी कुनै न कुनै सीप हासिल गरेर आफ्नो आर्थिक अवस्थामा सुधार ल्याउन चाहन्थँे । सोहीकारण म एउटा राम्रो क्षेत्रमा जागिर गर्न चाहन्थेँ । त्यो अवसर मलाई ललितपरकै प्रयागपोखरी स्थित मुर्तिकला सम्बन्धी काम गर्ने एकजना व्यक्तिले प्रदान गर्नुभयो ।
कुनै सीप नभएको नवप्रवेशीको रुपमा छिरेको मैले त्यहाँ रहँदा मुर्तिकला सम्बन्धी महत्वपूर्ण ज्ञान हासिल गरेँ । करिब १२ बर्ष उनले त्यहीँ जागिर गरँे । आफैंले मुर्तिकला सम्बन्धी सीप हासिल गरेर सिद्धहस्त भइसकेपछि मलाई लाग्यो, अब आफैं उद्यमशिल बन्नुपर्छ । यस्तो सोच मनमा पलाएसँगै मेरो जीवन नयाँ गोरेटो तर्फ अघी बढेको हो । त्यही सोचकै कारण म आफू अहिले सफल व्यवसायी बन्न सकेको हुँ भन्ने लाग्छ ।
जतिबेला श्रेष्ठ आफैं व्यवसायमा होमिने निर्णय लिए, त्यस बेला उनलाई सामान उत्पादनको ज्ञान त थियो तर कसरी व्यावसायिक सफलता हासिल गर्ने भन्ने थाहा थिएन । हस्तकला क्षेत्रमा कसरी राम्रोसँग काम गर्न सकिन्छ भन्ने बारे उनमा कुनै ज्ञान थिएन ।
बजार व्यवस्थापनको तरिका थाहा थिएन । आफ्नो साथमा न प्रयाप्त सीपयुक्त जनशक्ति थिए न त लगानीको लागि प्रयाप्त रकम न न त व्यवसाय सञ्चालनको लागि उचित ठाउँ न त बजार व्यवस्थापन कला नै । तैपनि आफ्नो सीपले दिलाएको आत्मविश्वासले उनलाई जुन निर्णय लिन प्रेरित ग¥यो, अहिले उक्त निर्णय कालान्तरमा सही निर्णय प्रमाणित भएको छ ।
शुरुका दिनमा पारिवारिक व्यवसायको रुपमा उनको व्यावसायिक यात्रा अघी बढेको हो । आफुले उत्पादन गरेका सामान आफैं बजारमा डुलाएर बिक्री गर्नुपर्ने बाध्यता थियो । ती सामानहरु निकै गाह्रोसँग बिक्री हुन्थे । विस्तारै उनको व्यवसायले पनि गति लिन थाल्यो । आफ्नै स्थायी पसल हुन सकेको खण्डमा थप विश्वास आर्जन गर्न र कम परिश्रममा राम्रो लाभ लिन सकिने लागेसँगै उनले आफ्नै पसलबाट व्यवसाय सञ्चालन गर्न लागे ।
अहिले श्रेष्ठले जुन व्यावसायिक उचाई हासिल गरेका छन्, त्यसमा निरन्तरको कठोर परिश्रम र आत्मविश्वास विशेष महत्वपूर्ण रहेको ठान्छन् उनी । आफ्नो उद्योगबाट ४०÷५० जना व्यक्ति सम्मलाई नियमित रोजगारी सृजना गर्दै आएका उनी लकडाउन पश्चात् आफ्नो उद्योगका कर्मचारीहरुको सङ्ख्या केही घटेको बताउँछन् ।
विगत ५ बर्ष देखि उनी आफैंले आफ्ना उत्पादनहरुको निर्यात समेत गर्दै आएका छन् । उनले उत्पादन गरेका सामानहरु निर्यात हुने मुख्य देश चीन हो । त्यस बाहेक अन्य देशहरुमा पनि यी सामानहरु निर्यात हुने गर्छन् ।
कुनै पनि व्यवसायमा सफल हुनको लागि टीम वर्क निकै महत्वपूर्ण हुने गर्छ । श्रेष्ठलाई अहिले लाग्छ, आफूले शुरु देखि नै टीम वर्क र व्यवस्थापन पक्षलाई विशेष महत्वको साथ लिँदै अघी बढ्न सकेकै कारणले अहिले यो सफलता प्राप्त भएको हो ।
श्रेष्ठले आफ्नो व्यावसायिक शुरुवात उनले वि.सं २०५६ देखि शुरु गरेका हुन् । २ दशक भन्दा बढी समय यस क्षेत्रमा रहेर काम गर्ने क्रममा उनले व्यावसायिक सफलताको लागि थुप्रै संघर्ष पनि गरेका छन् । अहिले लाग्छ मान्छेको जीवनले पहिले दुख दिएर मात्र सुख प्राप्तिको लागि प्रोत्साहित गर्दो रहेछ ।
करिब १०÷१२ बर्ष अर्कै कम्पनीमा मुर्तिकला सम्बन्धी काम सिकिसकेपछि आफैंले शुरु गरेको उनको व्यावसायिक यात्रा जति उतारचढावमय छ, त्यत्ति नै अन्य क्षेत्रमा सम्भावना नदेखी विभिन्न क्षेत्रमा भौंतारिइरहेका युवा वर्गलाई उद्यमशिल बन्नको लागि उत्प्रेरित गर्ने किसिमको समेत छ । आफूसँग भएको ज्ञान र सीपलाई नै पुँजीकरण गर्न सक्ने व्यवस्थापन कला विकास गर्न सकेको खण्डमा हरेक व्यक्तिले आफ्नो चाहना अनुरुपको सफलता हासिल गर्न सक्छ । श्रेष्ठको अनुभवको सारांश यही हो ।
आफू जहाँ जुन अवस्थामा भएपनि ठूलो सोच सहित आफू संलग्न काममा कुनै कैफियत नरहने गरी पूर्ण उर्जावान् तवरले कर्मशिल बन्ने हो भने ढिलोछिटो त्यसले जीवनका विविध पक्षमा राम्रै लाभ दिलाउन सक्छ । यस कुरालाई आफ्नो जागिरे जीवन देखि नै मनन गर्दै अघी बढेकैले श्रेष्ठ आफ्ना अन्य समकक्षीहरु भन्दा अग्र स्थानमा छन् ।
काम प्रतिको इमान्दारितालाई श्रेष्ठले सदैव पालना गरिरहे । ठूलो सफलता प्राप्त हुन पहिले सानातिना असफलता भोग्न र सोचमा परिवर्तन ल्याई स्पष्ट भावी सफलताको मानसिक नक्साङ्कन सहित सुखद दिनको कल्पना गर्नु जरुरी रहन्छ । निरस तवरले काममा लागिरहनु भन्दा आफूले गरेकै काममा आनन्द लिई समयानुकुल कामको तौरतरिकामा बदलाव ल्याउन सक्ने व्यक्ति मात्रै सफलताको सिँढीमा उक्लन सक्छ भन्ने श्रेष्ठलाई लाग्छ ।
श्रेष्ठले आफु जागिरे रहँदा बचतको रुपमा संकलन गरेको सानो रकमलाई पुँजीकरण गर्दै आफ्नो व्यवसायलाई अघी बढाएका हुन् । ती शुरुवाती दिनहरुमा श्रेष्ठले आफ्नो घरमा नै विभिन्न हस्तकलाजज्य मुर्तिहरु तयार गर्थे । ती सामानहरु डुलाउँदै बजारीकरण गर्थे ।
बजारमा सामान बिक्री गर्ने क्रममा उनले थुप्रै तितामिठा अनुभवहरु समेटेका छन् । यस्ता अनुभव मध्ये कुनै ठाउँमा सामानको लागतको तुलनामा अत्यन्तै न्यून शुल्क प्रस्ताव गर्ने, कहीँ समयमा भुक्तानी नदिने, कहीँ सामान र परिश्रमको महत्व नै नबुझी हाँसोमा उडाउने किसिमले व्यवहार गर्ने जस्ता समस्या शुरुवाती दिनमा आफुले सामना गर्नुपरेको श्रेष्ठले व्यक्त गरे । अन्य थुप्रै किसिमका शब्दमा व्यक्त गर्न नसकिने समस्याहरु समेत उनले भोगेका छन् ।
व्यक्ति अनुभवले खारिँदै जाँदा सफलताको यात्रामा अघी बढ्न सक्दो रहेछ । यसो हुनुमा आफ्नो विगतको अनुभवलाई पछ्याउँदै आफ्नो यात्रामा थप उत्साह सहित अघी बढ्ने आँट नै महत्वपूर्ण पक्ष हो भन्ने उनलाई लाग्छ । आफ्नो यात्रालाई नयाँ तवरले गति दिँदै चलायमान बनाउन सकेको खण्डमा विगतका आफूले तय गरेका मानसिक सीमाहरुलाई बुद्धिमय मष्तिष्कीय सोचको माध्यमबाट भत्काउन सकिँदो रहेछ ।
व्यावसायिक सफलतामा पनि मनोवैज्ञानिक प्रभावले निकै महत्वपूर्ण भूमिका खेल्दो रहेछ । शुरुका दिनमा आफुबाट निकै प्रयत्नपूर्वक सफल हुने कार्यहरु अनुभव बढ्दै गएसँगै व्यक्तिले सहजै सफल पार्ने अवस्था पनि सृजना हुँदो रहेछ । जब हाम्रा क्रियाकलापहरु बानी वा व्यावसायिक तथा दैनिक जीवनका अभिन्न अङ्ग बन्न पुग्छन्, तब सफलता पनि सहजै प्राप्त हुन सक्छ । हरेक व्यक्तिले पाउने सफलता उसले विकास गरेका बानीव्यवहारमा समेत निर्भर गर्दछन् । जसले अचेतन रुपमा उसको भाग्यरेखा तयार गरिदिन्छन् । यसकारण सुधार ल्याउनुपर्ने कुनै बानीव्यवहार भए त्यसलाई समयमै सच्याएर नयाँ दिशामा अघी बढ्नुपर्छ ।
व्यावसायिक सफलताको लागि आपसी सुमधुर सम्बन्ध नितान्त आवश्यक रहन्छ । आफूले उत्पादन गर्ने सामान वा सेवाको गुणस्तर त बाह्य पक्ष रह्यो । त्यसको बजारीकरण गर्ने तरिका र व्यक्तिसँग गरिने व्यवहारले पनि आफ्नो व्यावसायिक सफलतामा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्छन् ।
व्यवसायमा सफल हुन चाहने व्यक्तिले धैर्यता कायम राख्न सक्नुपर्छ । छोटो अन्तरालमा आउने उतारचढावलाई साधारण रुपमा नै लिनुपर्छ । कतिपय अवस्थामा तत्काल विशेष निर्णय लिनुपर्ने हुन सक्छ ।
व्यावसायिक सफलताको लागि समर्पण पनि त्यत्ति नै आवश्यक रहन्छ । सही अर्थमा सफल हुन सक्छु भन्ने मान्यताले सम्बन्धित क्षेत्रको ज्ञान आर्जन गरेर व्यवसायमा संलग्न व्यक्ति आफ्नो पुँजी र जीवनलाई समेत दाउमा लगाएर व्यवसायमा संलग्न भएको हुन्छ । सधँैजसो यस्तो अवस्था सामना गर्नुपर्ने अवस्था नरहने भएपनि कहिलेकाहीँ आउन सक्ने कठिन र जोखिमपूर्ण अवस्थामा कसरी निर्णय गरिन्छ भन्ने कुरामा बाँकी व्यावसायिक यात्रा निर्भर गर्दछ ।
यसकारण कठिन अवस्थामा नहतारिइकन सही विकल्प छनौट गर्नुपर्ने हुन्छ । साथै आफ्नो संगठनका सबै सदस्यहरुलाई सदैव सन्तुष्ट पार्न सकेको खण्डमा मात्र व्यवसायीले आफू अप्ठ्यारोमा रहँदा आफ्ना कर्मचारीहरुबाट पनि राम्रो सहयोग प्राप्त गर्न सक्छन् ।
वास्तवमा व्यावसायिक क्षेत्रमा सफल हुन चाहने व्यक्तिले आफु भित्र विशेष व्यावसायिक बुद्धि विकास गर्नुपर्ने हुन्छ । मुनाफा प्रेरित हुनु, सही ठाउँमा लगानी गर्न र त्यसको जोखिम वहन गर्न तयार हुनु, उत्पादनको गुणस्तर, जनसम्पर्क, बजार व्यवस्थापन, नयाँ प्रविधिको उपयोग, धैर्यता र लगनशिलताको अलावा बदलिँदो बजार टे«ण्ड बमोजिम अघी बढ्न र उपभोक्ताको माग बमोजिम नयाँ बजार सम्भावना खोज्न सक्ने व्यक्तिले नै व्यावसायिक क्षेत्रमा राम्रो लाभ हासिल गर्न सक्छन् । श्रेष्ठको अनुभवले पनि यही बताउँछ ।
श्रेष्ठले विश्व बजारमा आएको आर्थिक मन्दीले आफ्नो व्यवसायमा पारेको असरलाई नजिकबाट अनुभव गरेका छन् । नेपालमा उत्पादन हुने सबैजसो हस्तकलाजन्य सामानहरुको मुख्य बजार बाह्य बजार नै हो । बाह्य बजारमा आउने उतारचढावले नेपाली बजारमा पनि निकै प्रभाव पार्दछ । श्रेष्ठले आफ्नो व्यवसाय अब ठप्प हुने भयो भनेर केही हद सम्म मानसिक रुपमा त्रसित पनि भए । साथै उनले कसरी सुरक्षित रहन सकिन्छ भनेर व्यावसायिक सुरक्षका नयाँ विकल्पहरु सोचे र ती सोचाइका व्यवसायहरुमा पनि संलग्न रहे । साथीहरुसँग छोटो अवधिको लागि आवश्यक रकम सापटी लिए ।
कर्मचारीहरुलाई आफ्नो परिस्थिति जानकारी गराउँदै धैर्य रहन आग्रह गरे । जसले गर्दा सजिलै उनले उक्त आर्थिक मन्दीको सामना गर्न सके । पछि विस्तारै परिस्थिति सहज हुँदै गयो । बजार पुनः माथि उठ्यो । अहिले लाग्छ, व्यावसायिक क्षेत्रमा उतारचढावलाई सामान्य रुपमा नै लिनुपर्दो रहेछ । आफू पुनः व्यवसायमा सफल हुन सक्छु भन्ने नलागेको भए त्यतिबेला नै उनको व्यवसाय धराशयी पनि हुन सक्थ्यो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।