add

बजारमा अस्वाभाविक मूल्यवृद्धि हुँदा उपभोक्ता समस्यामा






ActPro Nepal

|

२ माघ, २०७७

|
1205

काठमाडौँ । केही समय पहिले देखि नेपालमा निर्माण सामाग्रीको अस्वाभाविक मूल्य वृद्धि भएको छ । उत्पादक कम्पनीहरूले छड, तार लगायतका फलामजन्य निर्माण सामाग्रीको मूल्य प्रतिकिलो ३० देखि ३५ रुपियाँ सम्म बढाएसँगै बजार असन्तुलित हुन पुगेको ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवाल बताउँछन् । कटुवालका अनुसार अहिले सिमेन्टको मूल्यमा पनि वृद्धि भएको छ । सिमेन्टमा प्रतिबोरा २५ देखि ३० रुपियाँ वृद्धि भएको छ ।

ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालले निर्माण सामाग्रीको मूल्यमा उच्च वृद्धि भएपछि अनुगमन तथा छानबिन समिति समेत गठन गरेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष ठूलोबाबु श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।

उक्त समितिको अग्रसरतामा भर्खर मात्रै रोलिङ मिल्सका प्रतिनिधि, उद्योगी व्यवसायी एवं सञ्चारकर्मीहरुको बीच एक अन्तक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ ।

मूल्य वृद्धि सम्बन्धमा आयोजना गरिएको उक्त कार्यक्रममा जगदम्बा स्टिलका प्रभु आचार्य र हुलास स्टिलका सुनिल अधिकारीको कम्पनीका तर्फबाट सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै हुलास स्टिलका प्रतिनिधि सुनिल अधिकारीले भारतमा पनि मूल्य बढेकोले त्यसको असर नेपालमा देखिएको बताए । उनका अनुसार अहिले निर्माण सामाग्रीको मूल्य पहिलेको भन्दा ५५ प्रतिशतले बढेको छ ।

‘अहिले एक्कासी मल्य बढेको देख्दा हामी नै अचम्ममा परेका छौं, एक महिना अगाडि एक मेट्रिक टनको ३७ हजार ५ सय रुपैयाँ पर्ने वस्तुको अहिले ५८ हजार भारतीय रुपैयाँ परिरहेको छ, नेपालमा त्यसको ८० हजार रुपैयाँ पर्छ, हामी नै घाटा खाएर बेचिरहेका छौं,’ उनले भने ।

निर्माण सामाग्रीमा दिनप्रतिदिन भइरहेको मूल्यवृद्धिले व्यवसायी र उपभोक्ता बीचको सम्बन्धमा दरार आएको र निर्माणको सिजन मै निर्माण सामाग्रीको मूल्य बढेपछि व्यवसायी मात्रै होइन, सबैभन्दा बढी मार त उपभोक्ताले नै भोग्न बाध्य भएको कटुवाल बताउँछन् ।

कटुवालका अनुसार अहिले निर्माण सामाग्रीमा एक्कासी भएको मूल्यवृद्धिले व्यवसाय नै धरायशी हुने अवस्था आएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण ठप्प भएको व्यवसाय शुरु भएको केही समयमै फेरि फलामजन्य वस्तुको मूल्यवृद्धि हुँदा अहिले निर्माण क्षेत्रमा ठूलो समस्या सृजना भएको छ ।

यसअघि ६० देखि ७० रुपैयाँ पर्ने स्टील अहिले महँगिएर १०५ रुपैयाँसम्म पुगेको छ । उनले सरकारले पनि यसतर्फ कुनै ध्यान नदिएको आरोप लगाए । एउटै वस्तुमा पहिले र अहिले ३ हजार रुपैयाँसम्म फरक पर्ने गरेको उनको भनाई छ ।

हिजो एउटा मूल्य आज अर्कै मूल्य हुँदा व्यापार गर्न पनि समस्या भइरहेको व्यवसायीहरु बताउँछन् । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न लकडाउनको समयमा सस्तो भएको निर्माण सामग्रीको मूल्य अहिले एक्कासी बढेपछि उपभोक्ताहरु ठूलो मारमा परेको कटुवालले बताए ।

कोरोना महामारीका कारण लकडाउन भएको समयमा निर्माण सामाग्रीको मूल्य सस्तो भएर निजी आवास, भवन तथा अन्य भौतिक संरचना निर्माण गर्न थालेको उपभोक्ताहरुले एक्कासी ठूलो आर्थिक भार व्यहोर्नुपरेपछि अहिले समस्यामा परेका हुन् ।

पछिल्लो समय भएको मूल्यवृद्धिको कारण खोज्न निर्माण व्यवसायी, ग्रिल तथा स्टिल व्यवसायी लगायतका व्यवसायीहरु उद्योगी व्यवसायी र सरकारसँगसँगै नै छलफलमा बसिरहेका छन् । तर समाधान निस्किइसकेको छैन ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.