add

बिहीबारदेखि ‘नेपाल जब फेयर २०२१’ शुरु ,भर्चुअल माध्यमबाट पनि जागीर खोज्न सकिने






ActPro Nepal

|

२८ पुष, २०७७

|
1499

काठमाडौं । बिहीबारदेखि काठमाडौंमा जागीर मेला ‘नेपाल जब फेयर २०२१’ शुरु हुने भएको छ ।

तीन दिन चल्ने सो मेला सोल्टी होटलमा आयोजना हुने छ भने भर्चुअल माध्यमबाट पनि सो मेलामा सहभागिता जनाउन सकिने आयोजकले बताएको छ ।

रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तक्र्रिया गर्ने लक्ष्यसहित आयोजना गर्न लागिएको आयोजक एस्पायर जब्सले बताएको छ ।

यसमा रोजगारदाता र करिअर प्लानमा रहेका युवाबीच प्रत्यक्ष अन्तरक्रिया हुनेछ, एस्पायरका भाइस प्रेसिडेण्ट प्रमोश अधिकारीले बताए ।

जब फेयरले व्यावसायिक र पारदर्शी मानव संशाधन अभ्यासको सूत्रपात गर्ने लक्ष्य लिएको छ । जब फेयर मार्फत प्रविधिका माध्यमले युवा उद्यमशीलताको विकास गर्ने तथा मानव संशाधन क्षेत्रलाई थप गतिशील र विश्वसनीय बनाउने विश्वास लिइएको अधिकारीको भनाइ छ ।

जब फेयरको उदघाटन पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्नेछन् भने कि नोट स्पिकरका रुपमा अर्थशास्त्री हरि रोका र रोजगार विज्ञ प्रा. डा. रमेशप्रसाद कोइराला र नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ रहने छन् ।

कार्यक्रममा सिएनएन हिरो अनुराधा कोइराला, पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य, रोजगारविद् डा. गणेश गुरुङ, बैंकर रविना देशराज श्रेष्ठलगायतले पनि सम्बोधन गर्नेछन् भने पूर्व गर्भनर डा. चिरन्जीवी नेपाल, अशोक सिग्देल, क्या. विजय लामा, प्रकाशदेव पालिखे, तारा पौडेल लगायतले विभिन्न क्षेत्रमा रोजगारीका सम्भावना र जनशक्ति विकासका विषयमा प्रकाश पार्नेछन् ।

जब फेयरमा एक सयभन्दा बढी रोजगारदाता सहभागी हुनेछन् भने १ सय ५० भन्दा बढी अन्तर्वार्ता सेसन सञ्चालन गरिनेछ ।

यसबाट ३ हजार भन्दा बढीको रोजगारी सुनिश्चित हुने अपेक्षा गरिएको छ ।

करीब १० हजारको भौतिक तथा भर्चुअल सहभागिता रहने जब फेयरमा १ लाख ५० हजारभन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिता जनाउने आयोजकको अपेक्षा छ ।

जब फेयरमा युवा उद्यमशीलतासम्बन्धी प्रतिस्पर्धा, वैदेशिक अध्ययनसम्बन्धी सेमिनार, एभिएसन र हस्पिटालिटी क्षेत्रसम्बन्धी करियर सेमिनारलगायतका गतिविधि सञ्चालन हुनेछन् ।

‘नेपालमा रोजगारदाता र बेरोजगार युवाबीच ठूलो ग्याप छ, त्यो ग्यापलाई पूरा गर्न हामीले पहिलोपटक नेपाल जब फेयर २०२१ आयोजना गर्न लागेका हौं,’ अधिकारीले भने ।

कार्यक्रममा बोल्दै मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठले मेलाले युवाहरुलाई सहयोग गर्ने बताइन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.