add

अर्थमन्त्रीलाइ भेटेर चार्टड एकाउन्टेन्टहरुले बुझाए ज्ञापनपत्र






ActPro Nepal

|

२५ पुष, २०७७

|
1335

काठमाडाैं । अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर चार्टर्ड एकाउन्टेन्ट्स शिक्षाको समकक्षता प्रदान गर्नुपर्ने बारेमा नेपाल चार्टड एकाउन्टेन्ट संघ-एक्यानले ध्यानाकर्षण गराएको छ । 

संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेको नेतृत्वमा महासचिव तेज प्रसाद सुवेदी, कार्यसमिति सदस्य शेषमणि दाहाल र आजीवन सदस्य निल सरु मगर लगायतको टीम अर्थमन्त्रीलाई भेट्न पुगेको हो । 

भेटघाटको क्रममा अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्रका सिएहरुको योगदान निकै महत्वपूर्ण रहेको बताउनुभयो । साथै आफूहरु नवनेपाल निर्माणको क्रममा रहेको र यसलाई सार्थक बनाउन चार्टड एकाउन्टेन्टहरुको सहकार्य निकै महत्वपूर्ण रहने समेत उहाँले बताउनुभयो ।

संघका प्रतिनिधिहरु र अर्थमन्त्रीसँगको छलफलमा चार्टर्ड एकाउन्टेन्ट्सहरुका समकालीन विषयमा छलफल भएको थियो । उक्त छलफलमा नेपाल सरकारको आर्थिक विकास तथा समृद्धिको लक्ष्य प्राप्तिमा चार्टर्ड एकाउन्टेन्ट्सको भूमिका आवश्यक ठानी नेपाल सरकारले यस संघलाई दिने सम्पूर्ण जिम्मेवारीहरु कुनै लाभ बिना पूरा गर्न संघ तयार रहने समेत कुरा समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

अर्थमन्त्रीसँगको भेटपछिको संक्षिप्त कुराकानीमा संघका महासचिव तेज प्रसाद सुवेदीले कुनै पनि राष्ट्रको आर्थिक पारदर्शिता र विकास कार्यमा चार्टर्ड एकाउन्टेन्ट्सहरुको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । साथै नेपालको अर्थतन्त्रमा आर्थिक सुशासन, पारदर्शिता तथा मितव्ययिता कायम गर्न चार्टर्ड एकाउन्टेन्ट्सहरुले मिहिन ढंगले कार्यसम्पादन गर्दै आएको समेत बताउनुभएको छ ।

स्मरण रहोस्, यस संघले संघमा आबद्ध सदस्यहरुको प्रतिनिधित्व गर्दैै नेपाल सरकारलाई आर्थिक नीति तर्जुमा, मौद्रिक नीति, कर कानुन नीति लगायतका विभिन्न नीति निर्माणमा आवश्यक सल्लाह तथा सोको कार्यान्वयनमा समेत भूमिका खेल्दै आएको छ । नेपाल सरकारले हरेक वर्ष प्रस्तुत गर्ने वार्षिक बजेटमा यस संघको तर्फबाट सुझाव पेस गरिँदै आइएको छ । साथै, सरकारको बजेट कार्यान्वयनका लागि यस संघले सदस्य तथा विभिन्न सरोकारवालालाई आवश्यक तालिमहरु समेत सञ्चालन गर्दै आएको छ ।

 नेपाल चार्टड एकाउन्टेन्ट संघ विगत ३ दशक देखि चार्टर्ड एकाउन्टेन्ट्स पेसामा आबद्ध सम्पूर्ण चार्टर्ड एकाउन्टेन्ट्सहरुको पेसागत हकहित, बहस–पैरवीमा संलग्न रहनुको अलावा राज्यलाई नीति निर्माण कार्यमा समेत आवश्यक सल्लाह, सुझाव उपलब्ध गराउने कार्यमा संलग्न रहँदै आएको छ । हाल यस संघमा २५०० भन्दा बढी चार्टर्ड एकाउन्टेन्ट्सहरु सदस्यको रुपमा संलग्न छन् । पछिल्ला दिनहरुमा यस संघले संघीयताको मर्मस्वरुप आफ्नो कार्यसम्पादनलाई विकेन्द्रीकरण गरी मोफसलमा समेत शाखा समितिमार्फत आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।

संघले अर्थमन्त्रीलाई भेटघाटको क्रममा बुझाएको ज्ञापनपत्रका उल्लेखित मुख्य–मुख्यः मागहरु निम्न बुँदाहरुमा समेटिएका छन् ।

देशको बदलिँदो आर्थिक गतिविधि, निजी तथा सार्वजनिक क्षेत्रमा आवश्यक आर्थिक पारदर्शिता तथा सुशासन, आर्थिक कानुनहरुको कार्यान्वयन तथा देशको दिगो आर्थिक विकासको आधारशिला निर्माण गर्न चार्टड एकाउन्टेन्ट्सहरुको विद्यमान भूमिकालाई फराकिलो बनाउनुपर्ने ।

विद्यमान आयकर ऐनको दफा ९५ अनुसार आर्थिक वर्ष २०७७÷०७८ को अनुमानित आयकर विवरण पुस मसान्तभित्र पेस गर्नुपर्ने र कम्पनी ऐन २०६३ अनुसार कम्पनी अद्यावधिक समेत पौष मसान्त भित्र गरिसक्नुपर्ने कानुनी व्यवस्था कोभिड १९ ले कार्यान्वयन चुनौतीपूर्ण देखिएको हुँदा सो कानुनी प्रबन्धको समय तीन महिना थप गरी आगामी चैत मसान्त सम्म हुने गरी व्यवस्था मिलाउनुपर्ने ।

वित्तीय पारदर्शिता, राजस्व संकलन र राजस्वको उपयोगितामा थप विश्लेषण गर्न अर्थ मन्त्रालय अन्तर्गतको बजेट महाशाखामा चार्टड एकाउन्टेन्ट बसेर बजेटरी छलफल गर्ने व्यवस्था मिलाउनुपर्ने ।

संघीय सरकार अन्तर्गतका उद्योग, वाणिज्य, कर तथा राजस्वसम्बन्धी विभिन्न समिति, कार्यदलहरुमा चार्टर्ड एकाउन्टेन्ट्सकोे प्रतिनिधित्व हुनुपर्ने । 

प्रदेशस्तरको आर्थिक गतिविधि, नीति–नियम निर्माण, राजस्व परिचालन, स्रोतको बाँडफाँट लगायत कार्यमा प्रभावकारी कार्यसम्पादनको लागि चार्टर्ड एकाउन्टेन्ट्सको सल्लाह, सुझाव तथा उचित सहभागिता हुनुपर्ने । 

पब्लिक कम्पनीहरुको सञ्चालक समिति वा उच्च व्यवस्थापन समूहमा कम्तीमा एकजना चार्टर्ड एकाउन्टेन्ट्स योग्यता प्राप्त जनशक्ति राख्नुपर्ने कानुनी व्यवस्था गर्नुपर्ने ।  

वित्त क्षेत्रसम्बद्ध सम्पूर्ण नियामक निकायमा, नेपाल वित्त प्रतिवेदनमान ९ल्ँच्क्० मा आधारित लेखापरीक्षण प्रतिवेदनलाई विश्लेषण गर्न सक्ने जनशक्तिको अभाव भएकाले चार्टर्ड एकाउन्टेन्ट्सहरुको दरबन्दी बढाउने व्यवस्था हुनुपर्ने ।

लाभांश फिर्ता प्रमाणपत्र लाई अन्तर्राष्ट्रिय अभ्यास अनुरुप चार्टर्ड एकाउन्टेन्ट्सले गरेको प्रमाणीकरणलाई मान्यता दिनुपर्ने । यसबाट प्रत्यक्ष वैदेशिक लगानीको वातावरण सहज हुन सक्छ । 


सबल बैंकिङ प्रणाली विकासका लागि बैंक तथा वित्तीय संस्थाहरुको क्षेत्रीय÷प्रादेशिक तथा शाखागत लेखापरीक्षण, प्रमाणीकरण, अनुसन्धानात्मक कार्यहरु, ल्ँच्क्रल्ब्क् को अनुपालनका लागि आवश्यक काम गर्न संघ तयार रहेको र यसको कार्यान्वयनको लागि मन्त्रालयबाट आवश्यक सहजीकरण हुनुपर्ने ।

लोकसेवा आयोगको विद्यमान व्यवस्था अनुसार सरकारी सेवाको परीक्षा प्रणालीमा चार्टर्ड एकाउन्टेन्ट्सहरुको प्रवेश व्यावहारिक नदेखिएकोले चार्टर्ड एकाउन्टेन्ट्स उपाधि प्राप्त व्याक्तिलाई सरकारी सेवामा सहज प्रवेशका लागि आवश्यक व्यवस्था गर्नुपर्ने ।

नेपाल चार्टड एकाउन्टेन्ट संघ विगत ३ दशक देखि चार्टर्ड एकाउन्टेन्ट्स पेसामा आबद्ध सम्पूर्ण चार्टर्ड एकाउन्टेन्ट्सहरुको पेसागत हकहित, बहस–पैरवीमा संलग्न रहनुको अलावा राज्यलाई नीति निर्माण कार्यमा समेत आवश्यक सल्लाह, सुझाव उपलब्ध गराउने कार्यमा संलग्न रहँदै आएको संस्था हो । 

हाल यस संघमा २५०० भन्दा बढी चार्टर्ड एकाउन्टेन्ट्सहरु सदस्यको रुपमा संलग्न छन् । 

पछिल्ला दिनहरुमा यस संघले संघीयताको मर्मस्वरुप आफ्नो कार्यसम्पादनलाई विकेन्द्रीकरण गरी मोफसलमा समेत शाखा समितिमार्फत आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.