add

लोडसेडिङकाे त्रास : जेनेरेटर र इन्भर्टरको आयात गत वर्षको तुलनामा साढे ३ सय प्रतिशतले वृद्धि






ActPro Nepal

|

२३ पुष, २०७७

|
1112

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बेला बखत पूर्व जानकारी बिनानै बत्तीको लाइन काट्न थालेपछि सर्वसाधारणहरुले पूर्व सतर्कता अपनाएर ऊर्जाका वैकल्पिक साधनको रुपमा प्रयोग हुने जेनेरेटर र ब्याट्रीको खरिद गर्न थालेका छन ।

पछिल्लो समय देशका विभिन्न ठाउँमा अघोषित लोडसेडिङ बढ्दै गएपछि जेनेरेटर, इन्भर्टर, ब्याट्री लगायत ऊर्जाका वैकल्पिक साधनको माग ह्वात्तै बढेको हो ।

भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को पहिलो ५ महीनामा अघिल्लो वर्षको तुलनामा साढे ३ सय प्रतिशतले जेनेरेटरको आयात बढेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ५ महिना (साउनदेखि मंसिरसम्म) जेनेरेटर आयत गत आवको सोही अवधिको तुलनामा साढे ३ सय प्रतिशतभन्दा धेरैले बढेको छ ।

चालू आवको मंसिर मसान्तसम्ममा ठूला खालका ७०७ थान जेनेरेटर आयात गरिएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३५९ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा जम्मा १५४ थान मात्र जेनेरेटर भित्रिएको थियो ।

यस्तै, चालू आवमा ब्याट्री आयात ७७ प्रतिशतले बढेको छ । मंसिरसम्म ८८२० थान ब्याट्री आयात भएको छ ।

चालू आवको मंसिरसम्ममा १२ हजार ७४५ थाल, जेनेटर, इन्भर्टर, ब्याट्री लगायत उपकरण आयात भएको छ । जबकी गत आवको सोही अवधिमा ८६७४ थान आयात भएको थियो । चालू आवमा करिब डेढ अर्ब रुपैयाँ बराबरको ऊर्जाको वैकल्पिक साधन आयात भएको विभागको तथ्यांक छ ।

यद्यपि, यस वर्ष इन्भर्टरको आयात भने घटेको देखिन्छ । अघिल्लो वर्ष इन्भर्टरको ५ महिनामा ५० थान इन्भर्टर आयात भएकोमा चालू आवमा यो घटेर २९ थानमा सीमित भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ४२ प्रतिशत कमी हो ।

प्राधिकरणले २०७५ वैशाखदेखि देशभर लोडसेडिङ अन्त्य भएको घोषणा गरेको थियो । त्यसपछिको पहिलो १० महीनामा जेनेरेटर र इन्भर्टरको आयात उल्लेख्य नघटे पनि ब्याट्रीको आयात भने क्रमशः घट्दै गएको थियो ।

लोडसेडिङ अन्त्य भएकै वर्षको माघपछि इन्भर्टरको आयात पनि क्रमशः घट्दै गएर गत आर्थिक वर्षको शुरूदेखि नै शून्यमा झरेको थियो भने जेनेरेटरको आयात पनि घट्दै गएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.