add

कोरोनाको त्रासमा पर्यटन : पर्यटक आवागमनमा ८० प्रतिशत गिरावट, १ वर्षमा २ लाख ३० हजारमात्रै भित्रिए






ActPro Nepal

|

२० पुष, २०७७

|
1085

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिमका कारण सन् २०२० मा पर्यटक आवागमनमा गिरावट आएको छ ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीका कारण अघिल्लो वर्षको तुलनामा ८०.८ प्रतिशत पर्यटक आगमन घटेको हो ।

यस अवधिमा २ लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सबैभन्दा बढी जनवरी, फेब्रुअरी र मार्चमा पर्यटक आएका छन् । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०१८ मा ११ लाख ७२ हजार ७२ पर्यटक नेपाल आएका थिए ।

कोभिडका कारण करीब ६ महिना नियमित अन्तरराष्ट्रिय उडान प्रतिबन्ध भएकाले विदेशी पर्यटक घटेका हुन् ।

बोर्डको तथ्यांकअनुसार पछिल्लो पटक नोभेम्बरमा मात्र १ हजार ९ सय ४७ पर्यटक नेपाल घुम्न आएका छन् । अघिल्लो अक्टोबारमा १ हजार ७४ पर्यटक नेपाल आएका थिए ।

बोर्डका अनुसार सबैभन्दा बढी भारतबाट सबैभन्दा बढी भारतबाट २५ हजार ३२० पर्यटक नेपाल आएका छन् । चीनबाट ९ हजार ८०८ जना, अमेरिकाबाट ९ हजार ६८२ जना, थाइल्यान्डबाट ९ हजार ५१८ जना र म्यान्माबाट ९ हजार ४०० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

नेपाल घुम्न बढी पर्यटक मुख्य मुलुकबाट प्रतिशतका आधारमा भारतबाट सबैभन्दा बढी १७.५ प्रतिशत पर्यटक आगमन छ । म्यान्माबाट ९.१, थाइल्याण्डबाट ९, चीनबाट ८.४, अमेरिकाबाट ७.७ र श्रीलङ्काबाट ५.८ प्रतिशत पर्यटक आगमन रहेको छ ।

नेपालका प्रमुख १० पर्यटक स्रोत मुलुकमा भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, थाइल्याण्ड, अमेरिका, बेलायत, जापान र जर्मनी रहेका छन् । गत वर्ष १० को यो सूचीमा अष्ट्रेलिया, दक्षिण कोरिया र फ्रान्स थिए ।

नेपालको पर्यटनको प्रमुख स्रोत बजार भारत, चीन र अमेरिकापछि चौथो नम्बरमा बेलायत पर्छ । बेलायतले आमसमुदायमा खोप प्रयोगमा ल्याउने भएपछि विश्व पर्यटन बजारमा आशाका किरण देखापरेका छन् । कोभिडको खोप विकाससँगै पर्यटन बजार पुरानै लयमा फर्कने अनुमान गरिएको छ ।

कोभिड महामारी नियन्त्रणका लागि सरकारले गत ११ चैतदेखि देशभर बन्दाबन्दी लागू गरेको थियो । गत ८ चैतदेखि नै अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध भएको थियो ।

लकडाउन र पछिल्लो निषेधाज्ञापछि करिब ६ महिनाको अन्तरालमा गत १६ भदौदेखि नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको थियो । गत असोज ५ देखि मुलुकको आन्तरिक उडान सञ्चालनमा आएको थियो ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको थियो । सुरुका तीन महिना जनवरी, फ्रेब्रुअरी र मार्चमा पर्यटक आगमन राम्रो रहे पनि कोभिड महामारीको विश्वव्यापी असर नेपालमा पनि पर्याे ।

अर्थतन्त्रका अन्य क्षेत्रजस्तै पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बन्यो । कोरोनाबाट प्रभावित उद्योग तथा व्यवसाय सञ्चालनका लागि सरकारले राहत दिने घोषणा गरिसकेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.