add

नयाँ रेकर्ड बनाउँदै गएको नेपाली सेयर बजारमा फेरि रेकर्ड ब्रेक






ActPro Nepal

|

१९ पुष, २०७७

|
1264

काठमाडौं । पछिल्लो समय निरन्तर नयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ ।

गत विहीबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै इतिकासकै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।

बजार खुलेदेखि नै उकालो लागेको बजारले २१७५ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २१०० विन्दु पार गरेको यो पहिलो पटक हो । यसअघि बिहीबार नेप्से इतिहासकै उच्च २०८७ विन्दुमा पुगेको थियो ।

आज सेयर बजार मापक सूचक नेप्से ८८.१२ अंकले बढेर २१७५.४० विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१२ कम्पनीको ६ अर्ब ३४ करोड ४० लाख १७ हजार ८८९ रुपैयाँ बराबरको १ करोड ४० लाख २६ हजार ८८६ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १२ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । आज जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ५५०.९६ अंकले बढेको छ ।

कारोबारमा आएका २१३ कम्पनीमध्ये १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ३० कम्पनीको मूल्यमा गिरावट आएको छ । ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज लगानीकर्ता नेपाल लाइफ र प्राइम कमर्शियल बैंकको सेयर झुम्मिएका छन् । यी दुवै कम्पनीको सर्वाधिक समान ५०/५० करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

उच्च अंकले बढेको बजारमा आज चार कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । हिमालयन डिस्ट्रीलरी, साल्ट ट्रेडिङ, नेपाल पनर्बीमा र प्राइम कमर्शियल बैंकका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

बढ्दो बजारमा आज राधि हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ४.२९ प्रतिशत गुमाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.