add

बोतलको पानी बेच्ने कम्पनीका मालिक शान्शान बने एसियाकै सर्वाधिक धनी, कति छ सम्पती ?






ActPro Nepal

|

१६ पुष, २०७७

|
1554

एजेन्सी । खोप उत्पादन गर्ने फर्म र बोतलको पानी बेच्ने कम्पनीको स्वामित्व भएका एक चिनियाँ व्यापारी एशियाकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । ब्लूमबर्गको बिलेनियर इन्डेक्स अनुसार चिनिया व्यापारी जङ शान्शान एसियाकै सर्वाधिक धनी घोषित भएका हुन ।

उनको कुल सम्पती ७७ दशमलब आठ अर्ब अमेरिकी डलर पुगेको छ । जङको यो वर्ष मात्रै कुल सात अर्ब डलरले बढेको छ । यससँगै उनले भारतका मुकेश अम्बानी र चीनका ज्याक मालाई समेत सम्पतीमा पछि पारेका छन । यसअघि अलिबाबाका ज्याक मा त्यतिबेला चीन र एशियाकै सर्वाधिक धनी व्यक्ति थिए । जङ संसारभरिका धनाढ्य व्यक्तिको सूचीमा ११ औँ स्थानमा पुगेका छन । 

उक्त फर्म कोरोना भाइरस बिरुद्धको खोप बनाउन समेत सग्लन रहेको छ । जङको खोप उत्पादन गर्ने फर्म बेइजिङ वान्ताई बायोलजिकल र बोतलबन्द पानी उत्पादन गर्ने कम्पनी नोङ्फु स्प्रिङको शेयरको मूल्य केही समय यता उच्च भएको छ । 

ब्लूमबर्गका अनुसार यो इतिहासमै सर्वाधिक सम्पत्ति संकलन भएका घटनामध्ये एक हो । अमेजन कम्पनीका संस्थापक जेफ बेजोससहित धेरै धनाढ्यहरू कोरोनाभाइरस महामारीका बेला अझ धनी भएका छन् । भारतका मुकेश अम्बानीको सम्पत्ति पनि यो अवधिमा १८ दशामलब ३ अर्ब डलरले बढेर ७६ दशमलब ९ अर्ब डलर पुगेको छ । अलिबाबाको ज्याक माको सम्पत्ति अक्टोबरमा ६१ दशमलब ७ अर्ब डलरबाट घटेर ५१ दशमलब २ अर्ब डलर पुगेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.