add

शेयर बजार ५.५७ अंकले बढ्दा ४ अर्बको कारोबार






ActPro Nepal

|

१४ पुष, २०७७

|
1242



काठमाडौं । मंगलवार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक ५.५७ अंकले बढेर २ हजार १२.८९ अंकमा पुगेको छ ।

आज ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स भने घट्यो । सेन्सेटिभ इन्डेक्स ०.१३ अंकले घटेर ३ सय ८२.४४ अंकमा झरेको छ ।

मंगलबार उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र निर्जीवन बीमा बोहक अन्य सबै समुहको सूचक घट्यो । उत्पादन तथा प्रशोधन समुहको सूचक ४ प्रतिशत बढ्यो । त्यस्तै, अन्य समुहको ३.२९ प्रतिशत, लघुवित्त समुहको ०.३६ प्रतिशत र निर्जीवन बीमाको ०.१३ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै जलविद्युत समुहको सूचक घट्यो । जलविद्युतको सूचक १.१८ प्रतिशत घट्यो । त्यस्तै, विकास बैंकको ०.८९ प्रतिशत, बैंकिङ समुहको ०.६३ प्रतिशत घट्यो ।

आज २ सय ९ कम्पनीको ८० लाख १ हजार ३ सय १४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९ करोड २२ लाख २७ हजार ८ सय २ रुपैयाँको कारोबार भयो ।

मंगलवार सबैभन्दा धेरै सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको शेयर धनीले कमाए । सटिजन इन्भेष्टमेन्ट ट्रष्टको शेयर मूल्य ९.९९ प्रतिशत बढ्यो । त्यस्तै, नारायणी विकास बैंकको ९.८९ प्रतिशत, हिमालयन जेनेरल इन्स्योरेन्सको ७.५० प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा बहुउदेश्य फाइनान्सका शेयर धनी छन् । फाइनान्सको शेयर मूल्य ६ प्रतिशत घट्यो । त्यस्तै, सेन्ट्रल फाइनान्सको ४.०९ प्रतिशत घट्यो ।

आज सबैभन्दा धेरै कारोबार नबिल बैंकले गर्यो । बैंकले आज ५३ करोड १ लाख ७७ हजारको कारोबार गर्यो । बैंकको शेयर मूल्य प्रतिकित्ता ७ रुपैयाँ बढ्दै १ हजार ३ सय ८६ रुपैयाँ पुगेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.