add

पाँच महिनामा ११ अर्ब ३३ करोडको औषधि आयात






ActPro Nepal

|

१२ पुष, २०७७

|
1068

काठमाडौं । नेपालमा औषधिको उत्पादन र कारोबारमा उल्लेख्य गिरावट आएको छ । कोरोना महामारीले औषधि उत्पादन र वितरणको क्षेत्रमा पनि प्रभाव पारेको हो ।

भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ५ महिनामा ११ अर्ब ३३ करोड ६५ लाख रुपैयाँ बराबरको औषधि जन्य वस्तु आयात भएको छ ।

गत आर्थिक वर्षको ५ महिनामा भने कुल १३ अर्ब २७ करोड १३ लाख रुपैयाँ बराबरको औषधि जन्य वस्तु आयात भएको थियो ।

चालू आवको सो अवधिमा औषधि आयात मार्फत ५७ करोड २० लाख रुपैयाँ राजश्व संकलन भएको थियो । यो अवधिमा ७४ लाख ४२ हजार केजी औषधि आयात भएको हो ।

सो औषधी आयातका क्रममा ६६ करोड ५३ लाख रुपैयाँ राजश्व संकलन भएको थियो । सो अवधिमा ९७ लाख ३१ हजार केजी औषधि जन्य वस्तु आयात गरिएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

यसैगरी आर्थिक वर्ष २०७६/७७ मा कुल २८ अर्ब १८ करोड २५ लाख रुपैयाँ बराबरको औषधि जन्य वस्तुहरू आयात भएको थियो । आर्थिक वर्ष २०७५/ ७६ मा ३० अर्ब ११ करोड ८२ लाख रुपैयाँ बराबरको औषधी आयात भएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.