काठमाडौ । चालु आर्थिक वर्षको ५ महिनामा शेयर बजारको आकार (पुँजीकरण) साढे ९ खर्बभन्दा धेरैले बढेको छ ।
गत असार मसान्तदेखि मंसिरसम्मको तथ्यांकमा यस्तो देखिएको हो ।
शेयर बजारको आकार देखाउने कुल बजार पुँजीकरण यो अवधिमा ९ खर्ब ७० अर्ब ८९ करोडले बढेको छ । असार मसान्तमा १७ खर्ब ९२ अर्ब ७६ करोड रुपैयाँको बजार मंसिर मसान्तसम्म आइपुग्दा २७ खर्ब ६३ अर्ब ६५ करोडको बनेको हो ।
तर, मंसिरयता गत आइतवारसम्मको कारोबारमा यस्तो बजार पुँजीकरण २७ खर्ब ४२ अर्ब १७ करोड रुपैयाँ रहेको छ ।
बजारमा सुचिकूत कूल शेयर संख्यालाई बजार मूल्यले गुणा गरी कुल बजार पुँजीकरण निकालिन्छ । अहिले बजार बढिरहेकाले अधिकांश कम्पनीहरुको शेयर मूल्य बढेको छ । यही कारण कुल बजार पुँजीकरण पनि बढेको हो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।