add

गरिमा विकास बैंकको लाभांश घोषणा, कति पाइएला बोनस ?






ActPro Nepal

|

१० पुष, २०७७

|
1707

काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको पुस १० गते शुक्रबार सम्पन्न बैठकले बैंकको हाल चुक्ता पूँजीको १३.५० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिबाट प्रस्तावित उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

हाल बैंकको चुक्ता पूँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार ४२८ रुपैयाँ रहेको छ । ४३ करोड ७२ लाख २३ हजार रुपैयाँ बराबरको बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार ५०० रुपैयाँ पुग्नेछ ।

अघिल्लो आव २०७५/७६ बाट गरिमा विकास बै.कले १६.१५ प्रतिशत बोनस शेयर र ०.८५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.