add

नेप्से ३० अंकले घट्दा ५ अर्ब ३६ करोडको कारोबार






ActPro Nepal

|

९ पुष, २०७७

|
1136

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक २९.८६ अंकले घटेर २ हजार ३८.६३ अंकमा झरेको छ । यो संख्या अघिल्लो दिनको तुलनामा १.४४ प्रतिशत कम हो ।

बिहिवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज सेन्सेटिभ इन्डेक्स ३.७४ अंकले घटेर ३ सय ८६.७६ अंकमा झरेको छ ।

आज होटल र ट्रेडिङ बोहक अन्य सबै समुहको सूचक घट्यो । होटलको सूचक ४.९१ प्रतिशत बढ्यो भने ट्रेडिङको ०.८७ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै जीवन बीमा समुहको घट्यो । जीवन बीमाको सूचक ३.०६ प्रतिशत घट्यो । त्यस्तै, अन्यको २.२५ प्रतिशत, र्निजीवन बीमाको १.४७ प्रतिशत घट्यो ।

आज २०४ कम्पनीको ९८ लाख ६० हजार ५ सय ३६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३६ करोड ९० लाख ४६ हजार ३ सय २२ रुपैयाँको कारोबार भयो ।

बिहिवार सबैभन्दा धेरै सोल्टी होटलका शेयर धनीले कमाए । होटलको शेयर मूल्य ५.६७ प्रतिशत बढ्यो । त्यस्तै, ओरन्टीयल होटलको ५.१५ प्रतिशत, माउन्टेन इनर्जीको ४.८३ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा समुद्धि फाइनान्सका शेयर धनी छन् । फाइनान्सको शेयर मूल्य ८.११ प्रतिशत घट्यो । त्यस्तै, यूनाईटेड मार्दीको ६.३० प्रतिशत घट्यो ।

आज सबैभन्दा धेरै कारोबार नबिल बैंकले गर्यो बैंकले ६१ करोड ४९ लाख ६५ हजार रुपैयाँको कारोबार गर्यो । बैंकको शेयर बिहिवार प्रतिकित्ता १४२५ रुपैयाँमा कारोबार भयो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.