add

नेप्से ७ अंकले बढ्दा ६ अर्ब ८६ करोडको कारोबार






ActPro Nepal

|

८ पुष, २०७७

|
748

काठमाडौं । बुधवार शेयर बजारमा सामाज्य सुधार भएको छ । आज नेप्से परिसूचक ७.०४ अंकले बढेर २ हजार ६८.४५ अंकमा पुगेको छ ।

आज ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स भने घट्यो । बुधवार सेन्सेटिभ इन्डेक्स १.२४ अंकले घटेर ३ सय ९०.५१ अंकमा झरेको छ ।

बुधवार कारोबारमा आएका मध्ये जीवन बीमा, बैंकिङ्ग र सामुहकि लगानी कोष बाहेक अन्य सबै समुहको सूचक घट्यो । जीवन बीमाको सूचक २.८७ प्रतिशत बढ्यो । त्यस्तै, बैकिङ्गको १.५८ प्रतिशत र समुहिक लगानी कोष समुहको ०.६३ प्रतिशत बढ्यो ।

आज सबैभन्दा धेरै अन्य समुहको सूचक घट्यो । अन्यको सूचक २.२१ प्रतिशत घट्यो । त्यस्तै, जलविद्युतको १.३४ प्रतिशत, होटल समुहको ०.९५ प्रतिशत घट्यो ।

बुधवार २०३ कम्पनीको १ करोड १५ लाख ५८ हजार ९ सय ९१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८६ करोड २४ लाख ४५ हजार २ सय १५ रुपैयाँको कारोबार भयो ।

नबिल बैंकको शेयर मूल्य बढ्ने क्रम बुधवार पनि जारी नै रह्यो । आन बैंकको शेयर मूल्य प्रतिकित्ता १३५ रुपैयाँ अर्थात ९.९७ प्रतिशत बढ्यो । त्यस्तै, सम्वृद्धी फाइनान्सको ९.६३ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा नारायणी विकास बैंकका शेयर धनी छन् । बैंकको शेयर मूल्य ९.८६ प्रतिशत घट्यो । त्यस्तै, यूनाईटेड मार्दीको ९.८५ प्रतिशत घट्यो ।

आज नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै कारोबार गर्यो । बुधवार नेपाल लाइफले मात्रै १ अर्ब ४३ करोड ४४ लाख रुपैयाँको कारोबार गर्यो । त्यस्तै, नेशनल लाइफको ४५ करोड ५१ लाखको कारोबार गर्यो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.