add

घरजग्गा कारोबार न्यून, चार महिनामा ४ अर्ब २४ बढी करोड राजश्व संकलन






ActPro Nepal

|

५ पुष, २०७७

|
1532

काठमाडौं । कोभिड–१९ महामारीको असर घरजग्गा कारोबारमा पनि परेको छ । महामारीको प्रकोप बढेसँगै अघिल्ला वर्षहरूको तुलनामा घरजग्गा कारोबार प्रभावित भएका छन् ।

महामारीले अरु सबैजसो क्षेत्र आक्रान्त भएका बेला घरजग्गा कारोबार पनि शिथिल बन्न पुगेको हो। कोभिड–१९ महामारीबाट सिर्जित अन्यौल र न्यून आर्थिक गतिविधिका कारण घरजग्गा कारोबार नाटकीय रुपमा धरासायी बनेको तथ्यांकले देखाएको छ ।

मानिसहरु संक्रमणबाट बच्न शारीरिक दूरी राख्नेलगायत सावधानी अपनाइरहेले घरजग्गा किनबेचको असर पुगेको व्यवसायीको दाबी छ । कोभिड १९ का कारण कारोबार घटेसँगै जग्गाको मूल्य समेत स्थिर रहेको छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ४ महिना (साउन– कात्तिक) मा भूमि कारोबार मार्फत ४ अर्ब २४ करोड ३४ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

यो गत आवको सोही अवधिको तुलनामा करिब ११ अर्बले कमी हो । गत वर्ष सोही अवधिमा १५ अर्ब रुपैयाँ हाराहारीमा कुल राजश्व संकलन भएको थियो ।

विभागको तथ्यांक अनुसार चालू आवमा २ अर्ब ९४ करोड १८ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर संकलन भएको छ । १ अर्ब २१ करोड रुपैयाँ पूँजीगत लाभकर संकलन भएको हो ।

चालू आवको पहिलो चार महिनामा उपत्यका भित्र मात्र २ अर्ब ९३ करोड २२ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

घरजग्गा कारोबारका क्रममा उपत्यका भित्र १ अर्ब ३१ करोड १० लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर संकलन गरिएको छ भने कुल ५७ करोड ५३ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ ।

ललितपुरमा मात्र ५८ करोड ८२ लाख रुपैयाँ राजश्व संकलन भएको छ । ललितपुर क्षेत्रमा घरजग्गा कारोबारबाट ३९ करोड ७९ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर संकलन भएको थियो । १८ करोड ४८ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ ।

भक्तपुरबाट मात्र ३० करोड १० लाख रुपैयाँ कुल राजश्व संकलन भएको छ । घरजग्गा कारोबारका क्रममा १९ करोड ४३ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर संकलन भएको थियो भने पूँजीगत लाभकर ९ करोड ८० लाख रुपैयाँ संकलन भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.