add

यी हुन् २०२० मा सबैभन्दा धेरै हेरिएका ३ नेटफ्लिक्स सिरिज






ActPro Nepal

|

२ पुष, २०७७

|
1773

काठमाडौं । विश्वव्यापी रुपमा कोरोना संक्रमण बढ्न थालेपछि अधिकांश देशका सिनेमा हलहरु बन्द भए । यो संगै धेरैजसो सिनेमा तथा सिरिजहरु ओटीटी प्लेटफर्म नेटफ्लिक्समा अपलोड गरियो ।

नेटफ्लिक्समा हेर्नको लागि प्रशस्त सामग्रीहरु छन् । केही सामग्रीहरु हेर्न लायकका छैनन् भने धेरैजसो सिनेमा तथा सिरिज कुनै न कुनै प्रकारका सन्देश दिने खालका छन् ।

नेटफ्लिक्स मुख्य रूपमा चलचित्र र सबै उमेर समुहका मानिसहरुका लागि उपयुक्त हुने सिरिज वा श्रृंखलाहरूको लागि लोकप्रिय छ ।

पछिल्लो समय नेटफ्लिक्सका सिनेमा तथा सिरिजहरु चर्चामा आईरहेका छन् । यी मध्ये सन् २०२० मा सार्वजनिक गरिएका सिरिजहरुमध्ये सबैभन्दा धेरै हेरिएका सिरिजहरु निम्न छन् ।

१. द क्विन्स गेम्बिट

द क्विन्स गेम्बिट वाल्टर टेविसको उपन्यास ‘द क्विन्स गमबिट’मा आधारित मिनी सिरिज हो । यसमा अन्या टेलर, बिल क्याम्प, रेबेका रूट, र मोशा इन्ग्राम मुख्य भूमिकामा छन् । कुल ७ एपिसोड रहेको यो सिरिजको प्रत्येक एपिसोड ४६ देखि ६६ मिनेटसम्मका छन् ।

२. टाइगर किङ

अपराधिक विषयमा आधारित रहेको टाइगर किङ सन् २०२० को मे महिनामा नेटफ्लिक्समा राखिएको हो । कुल ८ एपिसोड रहेको यस सिरिजको प्रत्येक एपिसोड ४० देखि ४८ मिनेट बिचको छ ।

३. आउटर्स व्याङ्स

आउटर्स व्याङ्स गत मे महिनामा नेटफ्लिक्समा राखिएको सस्पेन्स थ्रिलर सिरिज हो । १० एपिसोड रहेको यस सिरिजको प्रत्येक एपिसोड ४६ देखि ७५ मिनेट बिचको छ । (एजेन्सीको सहयोगमा)


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.