add

साल्ट ट्रेडिङ्गको प्रस्तावित ३५ प्रतिशत लाभांश पारित, ७३ करोड १४ लाख मुनाफा






ActPro Nepal

|

३० मंसिर, २०७७

|
1385

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ५३ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । कर्पोरेशनले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै सामाजिक दुरी कायम राख्दै केन्द्रिय कार्यालय परिसर भित्र साधारणसभा सम्पन्न गरेको हो । कर्पोरेशनका अधिकांश सेयर सदस्यहरु जुम मार्फत साधारण सभामा सहभागी भएका थिए ।  कर्पोरेशनको कम्पनी ऐन २०६३ को अधिनमा रही तयार पारिएको ५३ औं वार्षिक प्रतिवेदनका साथै २०७६ साल आषाढ मसान्तसम्मको कर्पोरेशनको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा कर्पोरेशनले गरेको विभिन्न कृयाकलापहरुको बारेमा छलफल एवं समिक्षागरि आगामी दिनहरुमा अझ बढी प्रभावकारी ढंगले अगाडी बढन मार्गदर्शनका साथ वार्षिक प्रतिवेदनलाई अनुमोदन गरेको छ ।

कर्पोरेशनको प्रस्तुत वर्षको कारोबारलाई तुलनात्मक रुपमा मूल्याङ्कन गर्दा नून, रासायनिक मल, लगायत व्यापारिक कारोबार संतोषजनक रहेको र विभिन्न क्षेत्रको लगानी उपलब्धीमूलक रहेको छ । कर्पोरेशनले गुणस्तरीय वस्तुहरुको कारोबार गरि आम उपभोक्तालाई खाद्यवस्तु, रासायनिक मल तथा अन्य वस्तुहरुको सरल र सहज आपूर्ति गरि सामाजिक उत्तरदायित्व वहन गर्दै ८ अर्व २५ करोडको कारोबार गर्न सफल भएको छ । उक्त कारोबारबाट कर्पोरेशनले आ.व. २०७५.०७६ मा कुल  मुनाफा ७३ करोड १४ लाख आर्जन गर्न सफल भएको छ ।

कर्पोरेशनले अंगालेको व्यापार विविधिकरणको नीति अनुरुप कर्पोरेशनको चुक्ता पूंजीको आवश्यकतालाई दृष्टिगत गरी यस वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश वापत १,५३,५७,५८० र .३,८३,९३,९५० बराबरको २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावलाई स्विकृत गरेको छ ।

विगत वर्षमा कर्पोरेशनले आयात गरेको चिनी मध्ये २५०० मेट्रिक टन चिनी भंसार विन्दुमा आइपुग्ने समयमा नेपाल सरकारबाट विदेशी चिनीको आयातमा प्रतिबन्ध लगाउने निर्णयले उक्त चिनी धेरै महिनासम्म भंसार विन्दुमा रोकिएको कारण कर्पोरेशनको चिनीको कारोबारमा कमी एवं भंसारमा रोकिएको कारण डेमरेज चार्ज वापत तिर्नु परेको रकमको कारण आर्थिक भार पर्न गएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कठिन सक्रमणले देशको विद्यमान आर्थिक अस्थिरता, बढ्दो प्रतिस्पर्धी बजार समेत यथावत नै रहेको यस्तो कठिन परिस्थितिमा पनि कर्पोरेशनले विश्वसनीय र गुणस्तरीय सेवा पु¥याउदै आफ्नो कारोेवारमा सकारात्मक सुधार सहित अगाडि बढेको कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धरले बताए ।

लकडाउनमा समेत कर्पोरेशनले अत्यावश्यक वस्तुको आपूर्ति सहज रुपमा होस भन्ने हेतुले आफना बिक्री कक्षहरु मार्फत र डेलिभरि भ्यान मार्फत टोल टोलमा एस टी सि को नारा सहित आमउपभोक्ताको घरदैलो सम्म सेवा पुयाउदै आएको कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बताईन । व्यावसायिक मर्यादा कायम राख्दै र सामाजिक उत्तरदायित्वको मर्मलाई सम्मान गर्दै कर्पोरेशनले देशका आम नागरिक एवं उपभोक्ताहरुलाई उच्च गुणस्तरको वस्तुहरु उचित मूल्यमा वर्षभरी उपलब्ध गराउने तर्फ प्रतिवद्ध रही कार्य गरिरहेको पनि प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बताईन । साथै उले दशैं, तिहार, छठ जस्तो चाडपर्वमा सुपथ  मूल्यका पसल संचालन गरी आम उपभोक्तलाई सेवा प्रदान गरेको स्पस्ट  पारिन ।

कर्पोरेशनको भविष्य प्रतिको धारणा कस्तो छ ? 

-नेपाल सरकारको नीति अनुसार आयोडिनको कमीका कारण आम नागरिकमा उत्पन्न हुने शारीरिक तथा मानसिक विकृति हटाउन संचालित कण्ठरोग नियन्त्रण कार्यक्रमको उपादेयतालाई दृष्टिगत गर्दै देशका आमनागरिकहरुको स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्ने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिने नीति अवलम्वन गरेका छौ । यस कार्यक्रमबाट आगामी दिनमा दुर्गम क्षेत्रका आम उपभोक्ताहरुको जनस्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने हाम्रो विश्वास छ । ल्म्ज्क् २०१६ को प्रतिवेदन अनुसार नेपालमा ५ वर्ष मुनिका ९४.५ प्रतिशत बालबालिकाले उचित मात्रामा आयोडिनयुक्त नून प्रयोग गरेको पाइएकोले नेपालले ग्क्क्ष् लक्ष्य पुरा गरेको छ ।

- नेपाल सरकारले अनुदानमा बिक्री वितरण गर्ने रासायनिक मलको लागि छुटयाएको अनुदान रकमको ३० प्रतिशत कर्पोरेशनलाई प्राप्त हुने रकमबाट युरिया, डिएपी, पोटास मल बाहेक अन्य क्षेत्रमा किसानहरुलाई समेत सहज रुपमा थप प्रकारको गैर अनुदानित रासायनिक मलहरु सिङ्गल सुपर फस्फेट, अमोनियम सल्फेट समेत आयात गरि बिक्री वितरण गर्दै आइरहेको छ ।

-नेपाल सरकारको नीतिको अवलम्वन गर्दै एउटा जिम्मेवार संस्थाको रुपमा मुलुकभर गुणस्तरीय वस्तुहरुको आपूर्ति व्यवस्था मिलाउदै कर्पोरेशनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा स्थापित गर्न प्रमुख आवश्यकता रहेको छ । सोको लागि नवीनतम एवं सृजनशील कारोबारको खोजी गर्दै व्यापार विविधिकरण तर्फ उन्मुख रहेको छ ।

-एकीकृत नमूना वस्ती विकास गर्ने हेतुले व्यवस्थित वस्तीको विकास गर्न कर्पोरेशनले आफ्नो सहायक कम्पनी उपहार हाउजिङ्ग कम्पनी लिमिटेड मार्फत चन्द्रागिरी नगरपालिका स्थित आफ्नै जग्गामा ८ वटा भूकम्प प्रतिरोधी भवन निर्माण गरि बिक्री वितरण शुरु गरेको छ ।

-कर्पोरेशनले नेपाल सरकारबाट सुम्पिएको दायित्व पूर्ण सक्रियताका साथ सम्पन्न गर्दै आएको र भविष्यमा पनि गर्दै जानेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.