add

कर छुट सुविधा बिषयक अन्तर्कृया एवं उत्कृष्ट करदाता सम्मान कार्यक्रम सम्पन्न






ActPro Nepal

|

३० मंसिर, २०७७

|
1229

ललितपुर । ललितपुरमा आर्थिक ऐन २०७७ मा भएका कर छुट सुविधा एवं उत्कृष्ट करदाता सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

आन्तरिक राजश्व कार्यालय, ललिपुर १ को आयोजना तथा ललितपुर उद्योग वाणिज्य संघको समन्वयमा सोमबार उद्योग वाणिज्य संघको सभाकक्षमा कार्यक्रम आयोजनामा आएको  हो । संघका अध्यक्ष कृष्ण लाल महर्जनको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा अध्यक्ष महर्जनले आजको कार्यक्रम यस संघ र आन्तरिक राजश्व कार्यालयको सहकार्यमा नेपाल सरकारको २०७७÷०७८ को बजेट वक्तव्य पश्चात नै गर्नु पर्नेमा कोरोना महामारीका कारण ढिला भएको बताए । अध्यक्ष महर्जनले कोरोनाले गर्दा स्थिर रहेको व्यापार व्यवसायहरु अहिले चलायमान हुन थालेकोमा खुशी पनि व्यक्त गरे ।

आन्तरिक राजश्व कार्यालय, ललितपुर १ का कर अधिकृत तिलक थापाले कार्यक्रममा आर्थिक ऐन २०७७ मा भएका कर छुट सुविधाका बारेमा जानकारी गराएका थिए भने आन्तरिक राजश्व विभागका निर्देशक चुडामणी ढुङ्गानाले एकिकृत  कर प्रणालीमा गरिएको सुधारका बारेमा जानकारी गराएका थिए।  

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय, ललितपुर १ का प्रमुख कर अधिकृत जीवन कुमार घिमिरेले व्यवसायीहरुको जिज्ञाशाको उत्तर दिने क्रममा व्यवसायीहरुलाई आजको अवस्थामा राजश्व सम्बन्धी नीति नियमका बारेमा जानकार हुन आवश्यक रहेको कुरा व्यक्त गरे ।  साथै उनले जिल्ला स्थित सम्पूर्ण वस्तुगत संघ संस्थाहरुलाई यस बारेमा आफ्ना सदस्यहरुलाई जानकार गराउन आग्रह पनि गरे ।

उक्त कार्यक्रममा घिमिरेले ललितपुर जिल्लाका उत्कृट करदाता भेगा फर्मास्यूटिकल्स प्रा.लि.का प्रबन्ध निर्देशक रामचन्द्र भण्डारीलाई सम्मान समेत गरे  । यसै अवसरमा उनले  संघका अध्यक्ष महर्जनलाई नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा एशोसियट तर्फबाट निर्वाचित भएकामा  बधाई एवं शुभकामना समेत व्यक्त गरे ।

 कार्यक्रममा ललितपुर जिल्ला स्थित विभिन्न वस्तुगत संघका अध्यक्षहरु तथा प्रतिनिधिहरु, ललितपुर उद्योग वाणिज्य                                                                                                                    संघको राजश्व समितिका सदस्यहरु र संघका पदाधिकारीहरु एवं सदस्यहरुको उपस्थिती रहेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.