काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ ।
सोमबार कारोबार शुरु भएदेखि नै उकालो लागेको नेप्से ५६.७२ अंकले बढेर २०६७.१७ विन्दुमा कायम भएको हो ।
यसदिन २०२ कम्पनीको ७ अर्ब २० करोड ४१ लाख ३६ हजार ९ सय २३ रुपैयाँको कारोबार भएको छ । १ करोड २८ लाख ८८ हजार ६६ कित्ता सेयर किनबेच भएका छन् । केहि दिनदेखि घटेको कारोबार भने पुरानै लयमा फर्किएको छ ।
कारोबारमा आएका १२ वटा समूहमध्ये ११ वटा समूहको परिसूचक उकालो लागेका छन् भने १ समूहको परिसूचक ओरालो लागेका छन् ।
जलविद्युत समूहबाहेक सबै समूहको परिसूचकमा हरियाली छाउदा नेप्से परिसूचक उकालो लागेको हो । यसदिन जलविद्युत समूहका लगानीकर्ताहरुले १।२१ प्रतिशत गुमाए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।