काठमाडौं । कृषि विकास बैंकले १५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
बैंकको सोमबार बिहान बसेको सञ्चालक समितिको ८५३ औं बैठकले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८५ नगद लाभांश दिने निर्णय गरेको हो ।
साथै, समितिको बैठकले नेपाल सरकारको हाल कायम भएकाे फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।