add

राजपुर बम काण्डका मुख्य योजनाकार कांग्रेस नेता पुर्पक्षका लागि जेल चलान






ActPro Nepal

|

२८ मंसिर, २०७७

|
900

काठमाडौं । राजपुर बमकाण्डको आरोपमा थुनामा रहेका मुख्य योजनाकार महम्मद महताब आलमलाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ।

नेपाली कांग्रेसका नेता पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलम आइतबार पुर्पक्षको लागि कारागार चलान गरिएको हो । उनलाई प्रदेश नम्बर २ प्रदेश प्रहरी कार्यालय जनकपुरको प्रहरी टोलीले मंसिर २४ गते पक्राउ गरेको थियो।

२०६४ चैत २७ गते राजपुरमा रहेको शेख इद्रिसको घरगोठमा भएको बम विस्फोट परी घाइते त्रिलोकप्रताप सिंह र ओशी अख्तर लगायतकालाई इँटा भट्टामा जिउँदै जलाएको आरोप लागेका उनलाई जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले थुनामा पठाउने आदेश दिएको हो ।

उनीमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी गरी तीनवटा कसूरमा सजाय माग गरिएको थियो । आलममाथि लगाइएका तीन मुद्दामा आइतबार नै थुनछेक बहस थियो ।

पक्राउ परेका महताब आलमकै नेतृत्वमा राजपुरमा बम बनाउने काम भइरहेको थियो। संविधान सभाको निर्वाचनमा धाँधली गरी बुथ कब्जा गर्न र महम्मद आफताब आलमलाई जसरी पनि चुनाव जिताउन पक्राउ परेका आलमले नेपाल तथा भारतको विभिन्न ठाउँबाट बम बनाउन सक्ने मानिसको खोजी गरी ल्याएका थिए र आफ्नै नेतृत्वमा सामानहरु जुटाइ बम बनाउने काम पनि गरेका थिए।

२०६४ चैत २८ गते भएको संविधान सभा निर्वाचनको अघिल्लो दिन २७ चैतको साँझ करिब ६ बजे बम बनाइरहेको घरमा बिस्फोट भएको थियो।

तत्काल प्राप्त प्रमाणका आधारमा महताब आलम बेकसुर हुन भन्ने नदेखिएको हुनाले मुलकी फौजदारी कार्यविधि संहिता दफा ६७ बमोजिम पुर्पक्षका लागि कारागार पठाउन आदेश भएको हो । अदालतको आदेशअनुसार महताबलाई आइतबार नै जिल्ला कारागार रौतहट चलान गरिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.