आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल मंसिर २७ गते । शनिबार । ईश्वी सन् २०२० डिसेम्बर १२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–त्रयोदशी,४९ घडी १३ पला,रातको ०२ बजेर २८ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–विशाखा,५१ घडी ३६ पला,रातको ०३ बजेर २५ मिनेट उप्रान्त अनुराधा । योग–अतिगण्ड,११ घडी ५५ पला,बिहान ११ बजेर ३३ मिनेट उप्रँन्त सुकर्मा । करण–गर,दिउसो ०३ बजेर ३७ मिनेट उप्रान्त वणिज,रातको ०२ बजेर २८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–तुला,बेलुकी ०९ बजेर ४९ बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट । दिनमान २५ घडी ५४ पला ।
शनि–प्रदोष व्रत। काठमाडौंको पशुपतिक्षेत्र, नुवाकोटको तारुकाघाट, झापास्थित शताक्षीधाम र अर्जुनधारा, रामेछापको त्रिवेणी, खोटाङस्थित हलेसी महादेवस्थान लगायत शिवालय एवं तीर्थस्थानहरूमा बाला चतुर्दशी मेला सुरु।
आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) जीवन साथिको माध्यामबाट घरपरिवारमा सुख समृद्धी बढ्नेछ भने आफन्तका साथ सँगै बसेर मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बौद्धिक क्षमताले सम्मान दिलाउनेछ । भौतिक तथा विलाशी बस्तुको कारोबारमा समान्य बृद्धि हुनेछ । उचित प्रेममात्र जुर्नाले गृहस्थी मार्ग अवलम्बन गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दा मामिलामा विजयको योग रहेकोछ । रोकिएका काम केही समय दिएर फत्ते गर्न सकिने हुनाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । दैनिक उपभोग्य र औषधीजन्य सामानको व्यापारमा बृद्धि हुनाले आर्थिक रुपमा दैनिकी सहज हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्ने हुनाले दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) हतार गरेर गरिने कुनैपनि कामको नतिजा राम्रो नआउने हुनाले काम गर्दा ख्याल गर्नुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्य तथा पेट सम्बन्धी समस्या आउन सक्छ । उपाहार प्राप्तीको योग भएपनि टरेर जानेछ । माया प्रेममा सामान्य बिवाद हुनेछ भने जीवन साथिसँगको मनमुटाबले काम गर्न असहज हुनेछ । अन्य क्रियाकलापमा व्यास्त रहनाले पढाइ लेखाइमा नतिजा अरुतिरै जानेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) घरायसी वातावरणमा केही असामान्य अवस्थाको सिर्जना हुनेछ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । मनमा अस्थिरता आउने तथा आत्मविश्वासमा कमी हुनेछ भने निर्णायक क्षमतामा कमी आउने छ । अर्काको भर पर्दा काम धन्दा थाति रहनेछन् । तरपनि नयाँ काम गर्दै हुनुहुन्छ भने जान्नेबुझ्ने वा ठूलाबडाको सहयोग लिनु आजको दिन राम्रो हुनेछ । कृषि क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापारमा मनग्ये धनलाभ हुनेछ भने नयाँ काम गर्न सकिनेछ । दाजुभाई तथा साथीभाइले राम्रै सहयोग गर्ने हुनाले रचनात्मक काममा जुट्न सकिनेछ । लामो समयदेखि रोकिएका काम पुनः सुचारु गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । तरपनि यात्र गर्दा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अरूका लागि समय र श्रम खर्चनु पर्दा पन खिन्न हुनेछ । समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ । तपाईँको डाहा गर्नेहरूले सताउनेछन् भने पहिलेकै काम दोहोर्याउनु पर्ने अवस्गा आउनेछ । नीति नियमलाई बेवास्ता गर्दा चुनौती, दण्ड र जरिवाना तिर्नुपर्ने हुन सक्छ । तरपनि पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । आफन्त तथा कुटुम्बबाट सहयोग प्राप्त हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिद्या तथा प्रतिस्पर्धामा विजय प्राप्त गर्न निकै समय खर्चनु पर्नेछ । आम्दानीका मार्गमा अवरोध आउने सम्भावन रहेकोछ । गरेका काममा ढिलासुस्ती र अवरोधको सामना गर्नुपर्ने हुन सक्छ । श्रमको उचित प्रतिफल पाउन प्रतीक्षा गर्नुपर्ला । पारिवारिक समस्याले ज्ञान र बौद्धिकताका क्षेत्रमा समय दिन सकिने छैन । तरपनि व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्न सकिनेछ । अग्रज तथा जान्ने बुझ्ने मानिसको राय लिन राम्रो मानिन्छ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्वास्थ्य सम्बन्धी समस्या आउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । अनाबस्यक ठाउमा श्रम तथा शक्ति खर्च हुन सक्छ ध्यान दिनुहोला । ध्यान अन्यत्रै मोडिदा पढाइ लेखाइ कमजोर रहनेछ । प्रेममा धोका तथा बिश्वासघात हुनेछ ध्यान दिनुहोला । व्यापार व्यावासायमा भनेजस्तो आम्दानी गर्न प्रशस्त समय खर्चनु पर्ने भएपनि बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पशुपालन तथा कृषि क्षेत्रबाट भनेजस्तो लाभ लिन सकिनेछ । पढाइ लेखाइमा प्रगती हुनेछ भने बौद्धिक प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । ठूलाबडाको सहयोगले रोकिएको कामहरु बन्नसक्छ । आत्मबल बढ्नेछ भने शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावकको आशीर्वाद प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान प्राप्त हुनेछ । साथी तथा आफन्तसँग भेटघाट हुने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । जग्गा जमिनको कारोबारबाट केही मात्रामा फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ भने प्रयत्न गर्दा पद प्राप्तीको गतिलो योग रहेकोछ । स्वास्थ्य सबल रहने हुनाले व्यवसायिक क्षेत्र र कृषि क्षेत्रमा समय लगानि गरि आम्दानी बढाउन सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्तको सहयोग नपाईनाले नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । स्वास्थ्य सम्बन्धी समस्या आई कमजोर भएको अनुभूति हुनेछ । पढाइ लेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा मन्दी आउनेछ । छोटो दुरिको धार्मिक यात्रा हुने भएपनि बाटोमा दुःख हुन सक्छ ध्यान दिनुहोला । माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेदा मनमुटाब बढ्नेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कामप्रति लगनशीलता बढ्ने भएपनि उपलब्धि न्यून हुनेछ । आज गरिने काममा अवरोधको सामना गर्नु पर्नेछ । दैनिक कामकाजको चाप बढ्न सक्छ । घरायसी प्रयोजनका विषयमा खर्च बृद्धि हुनेछ । भौतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीसँग राय बाजिनेछ । तरपनि नसोचेको धन सम्पती हात लाग्न सक्छ ।
तपार्ईँको दिन शुभ रहोस् ।
ज्यो.डिपी उपाध्याय ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।