add

कोरोनाको खोप छिट्टै ल्याउने व्यवस्था मिलाउन सरकार लागिपरेको छ’- सञ्चारमन्त्री गुरुङ






ActPro Nepal

|

२४ मंसिर, २०७७

|
1146

काठमाडौं । सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोरोना भाइरसको भ्याक्सिन नेपालमा ल्याउनका लागि सरकारले पहल गरिरहेको बताएका छन्।

७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित ‘भर्चुअल’ कार्यक्रममा बोल्दै उनले नेपाली जनताले छिट्टै भ्याक्सिन पाउन सक्ने दाबी गरे।

उनले कोभिड–१९ को उपचारका लागि भ्याक्सिनको आविष्कार भएको उल्लेख गर्दै त्यसको उपभोग नेपाली जनताले पनि छिट्टै पाउने गरी आवश्यक व्यवस्था मिलाउन सरकार लागि परेको पनि बताए ।

त्यस्तै गुरुङले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्ने काममा एकतावद्ध हुन सबै पक्षलाई आह्वान गरेका छन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सरकारले मानव अधिकारको सुनिश्चित हुने गरी सूचना प्रविधिको विकासमा जोड दिएको उल्लेख गर्दै त्यसमा साथ दिन मानव अधिकारकर्मीहरुलाई पनि आग्रह गरे ।

कार्यक्रममा बोल्दै उनले मानव अधिकार हनन् नहुने गरी जनतालाई सुुसूचित गराउन गाउँगाउँमा इन्टरनेट सेवा विस्तारको कामलाई प्राथमिकताका साथ अघि बढाइएको पनि स्पष्ट पारे ।

मन्त्री गुरुङले सूचनाको हक मानव अधिकारको प्रत्याभूति दिलाउन अनिवार्य सर्त भएको उल्लेख गर्दै त्यस कामलाई प्रभावकारी रुपमा अघि बढाउन मानव अधिकारकर्मी र सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण हुने स्मरण गराए ।

मन्त्री गुुरुङले मानव अधिकारको सुनिश्चित हुनेगरी मुुलुकको शान्ति, समृद्धि र विकासको काममा सरकार प्रतिवद्ध भएर लागि परेको बताए ।

उनले जनतालाई निरास हुन नदिन, उनीहरुलाई राष्ट्र निर्माणको अभियानमा सम्पूर्ण रुपले सहभागी गराउन सरकारले पहल गरिरहेको बताउँदै त्यस अभियानमा मानव अधिकारकर्मीहरुको साथ र सहयोग सदैव रहिरहने विश्वास व्यक्त गरे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.