रुपन्देही संवाददाता । रुपन्देही जिल्लाको भीम अस्पतालका कार्यालय प्रमुखले नियमको सीमा नाघेर काम गर्दा अस्पताल अस्तब्यस्त अवस्थामा पुगेको छ ।
लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले गुप्तालाई कारबाही गर्न नसक्दा राम्रो काम गर्ने बिधिसंगरुपमा काम गर्ने कर्मचारीहरुको मनोबल समेत खस्कीएको छ । राजनैतिक आडमा गुप्ताले नियम बिपरित काम गर्दा पनि सामाजिक विकास मन्त्रालयले कारबाही गर्नुको सट्टा संरक्षण गरेको ठहर्छ ।
बिभिन्न पत्रपत्रिका तथा अनलाइनमा समाचार आउँदा समेत कारबाही गर्ने निकाय कानमा तेल हालेर बसेको छ । सुनेपनि नसुने जस्तै देखेपनि नदेखे जस्तै गरिरहेको छ । पत्रकारले पश्न गर्दा उल्टै स प्रमाण उजुरी हाल्नुस भन्दै तर्किन्छ ।
अस्पतालकी प्रमुख अर्थात मेडिकल सुपरिटेन्डेट डाक्टर शकुन्तला गुप्ताले कार्यालय समयमा नै बिरामी बाहिर मेडिकलमा हेर्ने गर्दा नेपाल सरकारले जारी गरेको निर्देशनलाई समेत गुप्ताले ठाडो चुनौति दिएको प्रष्ट हुन्छ ।
रुपन्देही जिल्लाको भीम अस्पतालका मेसुले नीजि क्लिीनिकमा बिरामी चेक गरेको सार्वजनिक हुँदा समेत लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले कारबाही गर्न आलटाल गरिरहेको छ ।
भीम अस्पतालकी मेसुले रक्षा हेल्थ क्लिनीक बुटवलमा दैनिकी बिहान ९ बजे देखि १०ः३० सम्म वरिष्ठ महिला तथा प्रसुति रोग विशेषज्ञ डाक्टर शकुन्तला गुप्ताले बिरामी हेर्ने गरेको समाचार आउँदा समेत लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले मेसु शकुन्तला गुप्तालाई कारबाही गर्न सकेको छैन ।
यसरी सामाजिक विकास मन्त्रालयले अस्पतालका प्रमुखलाई कारबाही नगर्दा संघिय सरकारको निर्देशन नै पालना नभएको प्रष्ट हुन्छ ।
लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका प्रबक्ता पुष्पराज अर्यालले क्लिनीकमा नहेर भन्न नमिल्ने बताउँछन् । “हामीले छुट्टै इन्सेन्टीभ पनि दिएका छैनौँ । बुटवल अञ्चल अस्पतालका सबै डाक्टरले बाहीर हेर्छन्” अर्यालले भने ।
नेपाल सरकारले परिपत्र जारी गरेपनि कतै लागु हुन सकेको छैन । अर्यालले भने, अब १० बजे देखि ५ बजेसम्म नेपाल सरकारसंग जागिर अनुसार काम गरेका छन् । त्यहि समयमा नै क्लीनिकमा काम गरेको पाइएमा शसक्त कारबाही हुन्छ अर्यालले थपे, अफिसियल सयम भन्दा बाहिर रहेर काम गरेको पाइएमा कारबाही हुन्छ ।
कार्यालय समयमा काम गरेको भए स–प्रमाण उजुरी हाल्नुस न । अर्यालले भने, अब सबै प्रमाण पेश भएमा कारबाही हुन्छ । निर्देशनालयमा उजुरी हाल्नुस ।
उता दैनिकी बिहान ९ बजे देखि १०ः३० सम्म वरिष्ठ महिला तथा प्रसुति रोग विशेषज्ञ डाक्टर शकुन्तला गुप्ताले बिरामी हेर्ने गरेको रक्षा हेल्थ क्लिनीकका सञ्चालकले नै दाबि गर्छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७७ साल साउन १२ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतका निकाय सबैमा, सामाजिक विकास मन्त्रालय सबैमा र स्थानीय तह सबैमा पत्र पत्राचार गरेको छ । जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतका निकायहरु (बिभाग, केन्द्र, महाशाखा परिषद, प्रतिष्ठान) तथा संघ प्रदेश र स्थानिय तहमा सञ्चालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा समेत संस्थाको प्रमुख र कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेका सबैले निजि प्राक्टीस नगर्ने र यदि यस भन्दा अंगाडी निजी प्राक्टीस गर्न पूर्व स्वीकृत लिएको भए सो स्वीकृत स्वतः खारेज हुनेछ लेखिएको छ ।
तर भीम अस्पतालकी प्रमुख डाक्टर शकुन्तला गुप्ताले नेपाल सरकारको नियम बिपरित निजी क्लिनीकमा बिरामी हेर्दा समेत लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले कारबाही नै नगरि, प्राक्टीस नभएको अन्य डाक्टरले पनि बिरामी हेर्ने गरेको तर्क गर्छ ।
आफूले हेर्ने क्लीनिककी महिलालाई बिज्ञापन बिनै जागिर !
भीम अस्पतालकी मेसु शकुन्तला गुप्ताले बुटवल रक्षा क्लिनीकमा काम गर्ने महिला कर्मचारीलाई कुनै बिज्ञापन नै नगरि अस्पतालमा जागिर दिएको पाइएको छ ।
सीता थापा भन्ने १ जना ल्याब टेक्नीसियनमा काम गर्ने गरि कुनै पनि प्रतिस्पर्धा बिना नै विकास समितिको तर्फबाट भन्दै मेसुले आफुले हेर्ने क्लिनीककी स्टाफलाई राखेको एक जना कर्मचारीले बताए । परिक्षा प्रणाली मौखिक अन्र्तवार्ता बिना नै उनलाई राखियो उनले भने ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।