काठमाडौं । सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर रहेको नयाँ तथ्य सार्वजनिक भएको छ । यो नयाँ उचाइ हिउँसहितको भएको नेपाल र चीनले गरेको संयुक्त घोषणा कार्यक्रममा जानकारी गराइएको हो ।
नेपालले आफ्नै स्रोतसाधन प्रयोग गरी सगरमाथाको उचाइ पत्ता लगाएको हो । मंगलबार नेपाल र चीनले संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गरेका हुन् ।
मंगलवार नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेसंगै सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको हो ।
हिउँको सतहलाई पनि उचाइको आधार मान्नुपर्ने नेपालको प्रतावलाई चीनले यसअघि स्विकार नगरेपनि पछिल्लो समय हिउँको सतहलाई उचाइको आधार मान्ने विषयमा सहमति भएसंगै नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेका थिए ।
सगरमाथाको अहिलेको उचाइ भारतको सर्वे विभागले सन् १९५४ मा घोषणा गरेको हो ।
सगरमाथाको उचाइ मापनको कार्य सबैभन्दा अघि सन् १८४७ मा अघि बढाउने तत्कालीन भारतीय सर्वेयर जनरल कर्णेल जर्ज एभरेष्टको नाममा विश्वको सर्वोच्च हिमशिखरलाई अङ्ग्रेजीमा माउन्ट एभरेष्ट नामाकरण गरिएको हो ।
विगतमा कैयौँ पटक सगरमाथाको उचाइ मापन गरिएपनि हालसम्म नेपाल र अन्तराष्ट्रिय स्तरबाट सर्वे अफ इण्डियाले मापन गरेको ८ हजार ८ सय ४८ मिटर उचाइलाई आधिकारीक मान्दै आएका थिए ।
चीनले आफ्नो नापी निकाय न्याश्नल एडमिनिस्ट्रेशन अफ सर्भेइङ्, म्यापिङ एण्ड जीयो इन्फरमेशन (एनएएसजी) ले सन् २००५ मा गरेको उचाइलाई आधार झुमालाङ्माको उचाइ समुद्र सतहबाट ८ हजार ८ सय ४४ दशमलब ४४ मिटर रहेको बताउँदै आएको थियो ।
चिनियाँ निकायले सगरमाथाको चट्टान सहित उक्त उचाइ रहेको र माथि चुचुरोमा तीन दशमलब ५ मिटर हिउँ रहेको बताउने गरेको थियो ।
नेपालको विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर उचाइ मापन सम्बन्धी काम गरेका थिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।