add

कोरोना बीमाको भुक्तानी तीन दिनभित्रै गर्नू : अर्थ मन्त्रालय






ActPro Nepal

|

१८ मंसिर, २०७७

|
1731

काठमाडौं। अर्थमन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानी तीन दिनभित्रमा गरिसक्न बीमा समितिलाई पुनः ताकेता गरेको छ ।

मन्त्रालयले बीमा कम्पनीहरुको नियामक संस्था बीमा समितिलाई चार बुँदे निर्देशन दिएको हो।

मन्त्रालयले कोरोना बीमा मापदण्डबमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीहरुको भुक्तानी ३ दिनभित्र गरी दैनिक रुपमा मन्त्रालयमा जानकारी दिन भनेको छ।

त्यस्तै प्रमाणीकरण गर्न बाँकी दाबीको प्रमाणीकरण पनि यथाशीघ्र गरी भुक्तानी दिने व्यवस्था मिलाउन भनिएको छ। यस्तै, कोरोना बीमा दाबी भुक्तानीका सम्बन्धमा विभिनन बीमा कम्पनीहरुबाट प्राप्त दाबी भुक्तानीमा देखिएका समस्याबारे जानकारी दिन समितिलाई भनिएको छ।

मन्त्रालयको आदेशमा भनिएको छ, ‘हाल कुन कुन बीमा कम्पनीमा कति संख्यामा दाबी परेको विवरण पेन्डिङ (रोकिएको)मा छ, सोको विवरण र समस्या समाधानका लागि त्यस समितिबाट के कति प्रयास भइरहेको छ, मन्त्रालयमा सहजीकरणका लागि पहल गर्नुपर्ने विषय के के हुन्, यसको विस्तृत विवरण मन्त्रालयमा पठाउनुहुन अनुरोध छ।’

त्यस्तै कोरोना बीमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, प्रमाणीकरणका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, प्रमाणीकरण नभएका वा नक्कली दाबी विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी विवरण सार्वजनिक गर्न मन्त्रालयले निर्देशन दिएको छ।

कोरोना बीमा गरेकाहरुले दाबी गर्दा पनि भुक्तानी नपाएको गुनासो गर्दै आएपछि मन्त्रालयले गत असोज १८ मै यससम्बन्धी दाबी भुक्तानी ७ दिनभित्र गर्न निर्देशन दिएको थियो। त्यस्तै राजस्व सचिवको कार्यकक्षमा बुधबार बसेको बैठकले पनि उक्त निर्णय कार्यान्वयन गर्न समितिलाई आदेश दिएको थियो। तर बीमा समितिले मन्त्रालयको निर्णय कार्यान्वयनमा चासो नदेखाएको भन्दै पुनः चार बुँदे निर्देशन दिएको हो।

मन्त्रालयले समितिले ७ दिनभित्र दाबी भुक्तानीको व्यवस्था मिलाउने भने पनि थोरै संख्यामा काम भएको, दैनिक प्रगति प्रतिवेदन नियमित रुपमा मन्त्रालयमा नपठाएको, हटलाइन फोन सेवा सञ्चालन नगरेको र अन्य निर्णय कार्यान्वयनमा पनि उदासीनता देखाएको भन्दै समितिको आलोचना गरेको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.