add

थप १३४३ जनामा कोरोना संक्रमण, २१११ जना डिस्चार्ज






ActPro Nepal

|

१८ मंसिर, २०७७

|
499

काठमाडौं । नेपालमा थप १३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ भने अहिलेसम्म २ लाख २० हजार २७२ जना संक्रमणमुक्त भएका छन्।

यस्तै,  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १५५१ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार २१११ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.