add

पौडेलमाथीको दुर्व्यवहार विरुद्ध देशभर आन्दोलन गर्न तरुण दलको परिपत्र






ActPro Nepal

|

१८ मंसिर, २०७७

|
2125

काठमाडौं । आफ्नो गृहजिल्ला तनहुँको ब्यास नगरपालिकामा पुल उद्घाटनका लागि पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेपछि सरकारविरुद्ध आन्दोलन गर्न नेपाल तरुण दलले देशभर परिपत्र गरेको छ ।

तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले देशभरका जिल्ला अध्यक्षहरूलाई परिपत्र गर्दै प्रशासनको गलत कदमको विरोध स्वरूप सशक्त कार्यक्रम गर्न निर्देशन दिएका छन् ।

वरिष्ठ नेता पौडेल लगायत कांग्रेस तनहु जिल्ला कार्यवाहक सभापती जित प्रकाश आलेलाई पुल उद्घाटन गर्न नदिई प्रहरी प्रशासनबाट दुर्व्यवहार गरिएको अध्यक्ष जित जङ्ग बस्नेतले आरोप लगाएका छन ।

अध्यक्ष बस्नेतले प्रशासनको यो गतिविधिको विरुद्धमा सम्पूर्ण जिल्लामा विरोधका सशक्त कार्यक्रमहरु संचालन गर्नका लागि नेपाल तरुण दलले सबै जिल्ला समितिहरुलाई निर्देशन दिएकाे छ ।

तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्न जाने क्रममा निषेधाज्ञा तोडेका आरोपमा बुधबार अपराह्न २ बजे सुरक्षाका लागि प्रहरी कार्यालयमा राखिएका वरिष्ठ नेता पौडेल साढे ५ बजे मुक्त भएका थिए ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.