add

अनियमितताको आरोपमा नेपाल प्रहरीका दुई एसपीसहित एक इन्सपेक्टर निलम्बनमा






ActPro Nepal

|

१७ मंसिर, २०७७

|
707

काठमाडौं । नेपाल प्रहरीका दुई एसपीसहित एक इन्स्पेक्टर निलम्बनमा परेका छन् । 

अनुचित कार्य गरेको र प्रहरी संगठनको छविमा आँच आउने काम गरेको भन्दै प्रहरी प्रधान कार्यालयले दुई प्रहरी उपरीक्षक र एक प्रहरी निरीक्षकलाई निलम्बन गरिएको हो । 

प्रहरी प्रधान कार्यालयका प्रवक्ता बसन्त कुँवरका अनुसार महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी उपरीक्षक बिमल बस्नेत, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा कार्यरत प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादव र ईलाका प्रहरी कार्यालय कपिलकोट सिन्धुलीमा कार्यरत प्रहरी निरीक्षक मेघराज प्रसाद चौरसियालाई निलम्बन गरिएको हो ।  

प्रहरी संगठनको छविमा आँच आउने एवं अन्य प्रहरी कर्मचारीहरुलाई असर पुर्‍याउने किसिमको कार्य गरेकाले निलम्बन गरिएको प्रवक्ता कुँवरले लोकान्तरलाई जानकारी दिए ।

 छानबिनका क्रममा आफूलाई सुम्पिएको जिम्मेवारी र दायित्व पूरा नगरी प्रहरी नियमावली, २०७१ विपरित आचरण व्यवहार तथा गैर व्यवसायिक कार्य गरेको पाइएको उनले बताए । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.