add

प्रहरी निरीक्षक ध्रुव शर्माविरुद्ध पत्नीले दिइन् बहुविवाहको उजुरी






ActPro Nepal

|

१७ मंसिर, २०७७

|
890

म्याग्दी । म्याग्दीको बेनी बजारकी स्मृति शर्माले प्रहरी निरीक्षक समेत रहेका श्रीमान ध्रुव शर्माविरुद्ध बहुविवाह र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता गराएकी छिन् । श्रीमानले आफूलाई अन्याय गरेको भनी सामाजिक सञ्जालमार्फत न्यायको अपील गरेकी शर्माले मंगलबार जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा दुई वटा कसुरमा जाहेरी दिएकी हुन् ।

मंसिर पहिलो साता जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट बैदाम प्रहरी चौकी पोखरामा सरुवा भएका प्रहरी निरीक्षक शर्माविरुद्ध उनकी पत्नीले बहुविवाह र भ्रुण हत्या गरेको अभियोगमा गर्भ संरक्षणविरुद्धको कसुरमा जाहेरी दिएपछि मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका धनबहादुर थापाले जानकारी दिएका छन् ।

मुद्दा दर्ता भएसँगै आवश्यक कानूनी प्रक्रिया अघि बढेको जिप्रकाले जनाएको छ । फौजदारी कसुरमा मुद्दा दर्ता भएसँगै शर्मा निलम्बनमा पर्ने कानूनी प्रावधान रहेको छ । चिनजानबाट प्रेम, शारीरिक सम्बन्ध हुँदै प्रेम विवाह गरेका शर्मा दम्पत्तिबीच पछिल्लो समय सम्बन्धमा खटपट आएको सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो ।

श्रीमानले आफूलाई जबरजस्ती गर्भपतन गर्न लगाएको, विवाह पश्चात घरमा नलगेको, आफूलाई यातना दिने गरेको र पछिल्लो समय सरुवा भएर गएपछि आफूसँगको सम्पर्क छुटाएर अलपत्र पार्ने काम गरेको पीडित स्मृतिले सामाजिक सञ्जालमा लेखेकी थिइन् । –रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.