add

यस्तो छ तीन दिनको मौसम अनुमान






ActPro Nepal

|

१६ मंसिर, २०७७

|
853

काठमाडौं। हाल देशभरको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिनभर देशभरको मौसम सामान्यतया सफा रहनेछ। राति भने गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली हुने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टा देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउने छ भने बिहानीपख  तराई भेगमा वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना छ। 

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसिर १६ गते (मंगलबार)

दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ । 

राती :   गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि स्थानहरुमा  मौसम सामान्यतया सफा रहनेछ । 

मंसिर १७ गते (बुधबार)

दिउँसो : बागमती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि स्थानहरुमा  मौसम सामान्यतया सफा रहनेछ । 

राती :  गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा  मौसम सामान्यतया सफा रहनेछ । 

मंसिर १८ गते (बिहिबार)

दिउँसो : गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बाँकि स्थानहरुमा  मौसम सामान्यतया सफा रहनेछ । 

राती :  गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा  मौसम सामान्यतया सफा रहनेछ । 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.