add

लगानीकर्तालाई धितोपत्र बोर्डको सुझाव : हल्लाको भरमा लगानी नगर्नुहोस






ActPro Nepal

|

१५ मंसिर, २०७७

|
1372

काठमाडौं । पछिल्ला दिनहरुमा सेयर बजारमा देखापरेको उछालप्रति नियामक निकायहरुले ध्यानकर्षण भएको जनाउँदै लगानीकर्ताहरुलाई सचेत भएर लगानी गर्न आग्रह गरेका छन् ।

नेपाल धितोपत्र बजारको प्रमुख नियामक धितोपत्र बोर्डले सोमबार एक विज्ञप्ति जारी गर्दे बजारमा लगानीको गतिविधि बढ्दै गएको भन्दै लगानीकर्ताहरुलाई सजगता अपनाउन आग्रह गरेको हो ।

बोर्डले विज्ञप्तिमार्फत सूचीकृत सङ्गठित संस्थाको वित्तीय अवस्था, ती संस्थाहरुको आधारभूत तथा प्राविधिक पक्ष, ऐन नियमको पालनाको अवस्थाका साथै समग्र वित्तीय तथा आर्थिक परिसूचक लगायतका विवरणहरूको विश्लेषण गरी लगानीसम्बन्धी निर्णय लिनु लगानीकर्ताको हितमा हुने भन्दै सजग रहन आग्रह गरेको हो ।

‘धितोपत्र बजारमा लगानी गर्दा हल्ला र अनुमानका पछाडि नलागी विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र तथा सूचीकृत सङ्गठित संस्थाहरूको वित्तीय स्थितिको विश्लेषण, संस्थागत सुशासनको अवस्था एवं लगानीकर्ताको जोखिम बहन गर्न सक्ने क्षमता तथा आफ्नो लगानीको सुरक्षा आदि समेतलाई दृष्टिगत गरी सजग भइ सुझबुझपूर्ण रूपमा लगानी गर्न सम्पूर्ण लगानीकर्तालाई बोर्ड हार्दिक अनुरोध गर्दछ ।’ बोर्डको विज्ञप्तिमा उल्लेख छ ।

देशको अर्थतन्त्रको विकासमा पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहने सन्दर्भमा बोर्डले पूँजी बजारको विकास र विस्तार गर्दै यसको सूक्ष्म रूपमा अनुगमन तथा सुपरीवेक्षण गरिरहेको जनाएको छ ।

अहिले प्राथमिक बजारमा आठ लाखभन्दा बढी लगानीकर्ता, डिम्याट खाताको सङ्ख्या २१ लाख ८० हजार रहेको तथा नेप्सेको अनलाइन कारोबार प्रणालीबाट ८५ प्रतिशतभन्दा बढी कारोबार हुने गरेकाले नेपालको धितोपत्र बजारमा पछिल्लो समय लगानीकर्ताको सहभागितामा उल्लेख्य वृद्धि भएको बोर्डको भनाइ छ ।

पछिल्ला केही दिनमा दोस्रो बजारमा कारोबार रकम र नेप्से सूचक अहिलेसम्मको उच्च अङ्कमा पुग्नु खुसीको कुरा भए पनि लगानीकर्ताले सचेत भएर लगानी गर्नुपर्ने बोर्डको भनाइ छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.