काठमाडौं। नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिसमा परेका छन्।
गृह मन्त्रालमा सोमबार बसेको बढुवा समितिको बैठकले डीआइजी पोखरेललाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो। उनी हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख छन्।
सरकारले केही दिन अगाडि नेपाल प्रहरीको दरबन्दी थप गरिएको संगठन व्यवस्थापन सर्वेक्षणसम्बन्धी प्रतिवेदन स्वीकृत गरेको थियो। जहाँ एआइजीको एक र डीआइजीको पाँचवटा दरबन्दी थप्ने निर्णय गरेको थियो। सोहीअनुसार एक एआइजी पदमा पोखरेललाई बढुवा समितिले सिफारिस गरेको हो।
एआइजीमा बढुवाको सिफारिस भएका पोखरेललाई प्रहरी संगठनमा भावी आइजीपीका रुपमा पनि हेरिएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।