add

शेयर बजारमा रेकडै रेकर्ड, नेप्से १९६८.२७ अंकमा पुग्दा ९ अर्बभन्दा बढीको कारोबार






ActPro Nepal

|

१४ मंसिर, २०७७

|
1733

काठमाडौं । आइतबार सेयर बजारमा नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेको छ ।

नेप्से परिसूचक ३.९६ प्रतिशत अर्थात ७५ दशमलव ०२ बढेर १ हजार ९ सय ६८ दशमलव २७ अंक भन्दा माथि परिसूचक पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । गतहप्ता मात्र साढे ४ वर्ष पुरानो रेकर्ड तोडेको नेप्सले आज फेरि इतिहासकै सर्वाधिक उच्च १९६८ विन्दुको रेकर्ड बनाएको हो ।

सेयर बजारको दुईतिहाइ भन्दा बढी हिस्सा ओगटेको बैंकिङ क्षेत्रमा उछाल आएसँगै बजार उच्च अंकले बढेर नयाँ कीर्तिमान बनाएको हो ।

यस्तै, आज सेयर बजारले कारोबार रकममा पनि कीर्तिमान बनाएको छ । एकैदिनमा इतिहासकै सर्वाधिक सवा ९ अर्बको कारोबार हुँदै नयाँ रेकर्ड बनाएको हो ।

यसअघि गतहप्ता साढे ७ करोडको कारोबार हुँदै इतिहासकै धेरै कारोबारको रेकर्ड बनाएको थियो ।कारोबार रकमलाई आधारमान्दा औसतमा प्रतिमिनेट ३ करोड ८४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको देखिन्छ ।

यस्तै, आज बजारले कारोबार संख्यामा पनि नयाँ रेकर्ड बनाएको छ । आज एकैदिन इतिहासकै धेरै २ करोड ६० लाख कित्ता सेयर कारोबार बनाएको छ ।

बैकिङ क्षेत्रले बजारलाई लिड गर्न थालेसँगै अब बजारले थप नयाँ उचाइ चुम्ने लगानीकर्ताको भनाइ छ । यसअघि अन्य क्षेत्रका कम्पनीको मात्र सेयर भाउ बढे पनि प्रमुख हिस्सेदार बैंकिङ क्षेत्रको मूल्य नबढ्दा बजारले वास्तविक गति लिन सकेको थिएन् ।

पछिल्ले समय बैंकिङ प्रणलीमा अधिक तरलता कायम भई ब्याजदर सस्तो भएपछि लगानीकर्ता उत्साहित हुँदा बजारले नयाँ रेकर्ड बनाउने बाटोमा गएको जनाकारहरु बताउँछन् । साथै, पछिल्लो समय सेयर बजार प्रविधिमैत्री हुनु, नयाँ लगानीकर्ताको प्रवेश, कोरोनाका कारण अन्य क्षेत्रमा लगानी विस्तार हुन नसक्नु लगायत कारले बजारलाई नयाँ उचाइमा पुर्याएको उनीहरुको भनाइ छ ।

सेयर बजार मापक सूचक नेप्से ७५.०२ अंकले बढेर १९६८.२७ विन्दुमा पुगेको छ । यसदिन २०० कम्पनीको २ करोड ५९ लाख ४५ हजार ३८० कित्ता सेयर ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार ३४८ रुपैयाँमा कारोबार भएको छ ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ८ वटा समूहको परिसूचक उकालो लागेका छन् भने ४ वटा समूहको परिसूचक ओरालो लागेका छन् । बैंकिङ समूहमा वृद्धि आएपछि समग्र बजार बढेको हो । आज यस समूहको परिसूचक ११२.१९ अंकले बढेको छ भने जीवन बीमा समूहको सबैभन्दा धेरै २४५.७५ अंकले बढेको छ ।

बैंकिङ समूहमा उछाल आए पनि आज लगानीस्कर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनी परेको छ । यसको सबैभन्दा धेरै ५१ करोड ७९ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबार रकमकै आधारमा कुमारी बैंक र नबिल बैंकको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

आज कारोबार भएका कुल २०० कम्पनी मध्ये ११९ कम्पनीको मूल्य बढेको छ भने ६३ कम्पनीको मूल्य घटेको छ । १८ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

तीव्र उछाल आएको बजारमा आज डेढ दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । पोजेटिभ सर्किट लाग्ने अधिकांश कम्पनीहरुहरु वाणिज्य बैंक र विकास बैंक समूहका रहेका छन् ।

सेञ्चुरी कमर्शियल, नेपाल इन्भेष्टमेन्ट, सनराइज, माछापुच्छे, नेपाल बंगलादेश, मेगा, प्रभु, कुमारी, ग्लोबल आइएमई, लक्ष्मी बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् ।

यस्तै, मुक्तिनाथ विकास बैंक, ग्रान्डी विकास बैंक, सिटिजन्स, हिमालयन, सिभिल बैंकको सेयर मूलय पनि करिब १० प्रतिशतले नै बढेको छ । आज कारोबार भएक अधिकांश बैंकको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

बढ्दो बजारमा आज विशाल बजार कम्पनीकोको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका लगानीकर्ताले ठ्याक्कै १० प्रतिश गुमाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.