काठमाडौं । काठमाडौं जेसीजको निर्वाचन सम्पन्न भएको छ । शनिवार सम्पन निर्वाचबाट बर्ष २०२१ का लागि जेसी कैलाश श्रेष्ठ निर्वाचित भएका छन् ।
कुलेश्वर स्थित स्टार फुड ल्याण्डमा भएको शाखाको ३८ औं अधिवेशन तथा ५० औं साधारणसभाले सर्वसम्मत रुपमा अध्यक्ष श्रेष्ठसहित पदाधिकारीहरु चयन गरेको हो ।
अधिवेशनले कार्यकारिणी उपाध्यक्षमा जेसी रामराजा ओझा, जेसी श्यामकुमार घिमिरे, जेसी रामेश्वर सिंखडा, महासचिवमा जेसी निरोज खतिवडा , कोषाध्यक्षमा जेसी रफी भण्डारी, सह कोषाध्यक्षमा जेसी ध्रुव तिवारी र सहसचिवमा जेसी हरिहर खड्कालाई चयन गरेको छ ।
सदस्यहरुमा जेसी बिनोद तिमिल्सिना, जेसी समिप खनाल, जेसी पुरुषोत्तम पौडेल, जेसी गोविन्द ओझा, जेसी प्रचण्ड भूर्तेल र जेसी नकुल अर्याल निर्वाचित एवं मनोनीत भएका छन् ।
निर्वाचनमा सिनेटर दिपक भण्डारीले निर्वाचन अधिकृतको रुपमा काम गरेका थिए । काठमाडौं जेसीज नेपाल जेसीजकै पुरानो शाखा हो । यस मानेमा यसको साँख प्रतिष्ठित शाखाको रुपमा रहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।