add

काठमाडौं उपत्यकामा ६४५ जना कोरोना संक्रमित थपिए






ActPro Nepal

|

१३ मंसिर, २०७७

|
475

काठमाडौं  । काठमाडौं उपत्यकामा  ६४५ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार  पछिल्लो २४ घण्टामाकाठमाडौंमा ४८५, ललितपुरमा १२४ र भक्तपुरमा ३६ जनालाई  कोरोना संक्रमण देखिएको  हो । जसमा  २८५ महिला र ३६० पुरुष  रहेका छन् ।

हालसम्म काठमाडौंमा मात्र ८६ हजार ८५६ जना संक्रमित भएका छन्, जसमध्ये ३४८ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७८ हजार ४६९ छ।

ललितपुरमा १३ हजार ८८ जना संक्रमित भएका छन्। जसमा १०९ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ३५३ जना निको भएका छन्।

भक्तपुरमा ७ हजार १०४ संक्रमितमध्ये ८९ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार १०४ जना निको भइसकेका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.