add

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सुरु , ढकाल र प्रधान प्यानलबिच कडा प्रतिस्पर्धा






ActPro Nepal

|

१३ मंसिर, २०७७

|
1405

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभाअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

दिनभर चल्ने मतदान उपत्यकाका कार्की ब्याङ्केट (माइतीघर), महासंघको कार्यालय (टेकु) र प्रज्ञा प्रतिष्ठान (कमलादी) गरी तीन ठाउँमा हुने महासंघको निर्वाचन समितिले जानकारी दिएको छ।

प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्योग वाणिज्य समूह, कार्की व्याङ्केट बबरमहलमा एशोसिएट सदस्य समूह र नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय टेकुमा बस्तुगत संघ समूहको मतदानको व्यवस्था मिलाइएको छ । कोराना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा व्यवस्था गरिएको छ ।

मतदाता कति ?

निर्वाचनमा विभिन्न संस्थानहरुबाट १ हजार ११६ मतदाता निर्वाचनमा सहभागिता जनाउन पाउने भएका छन् । महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार ९०४ वटा एसोसियट सदस्य संस्थाहरु, ६ वटा द्विराष्ट्रिय उद्योग वाणिज्य संघका प्रतिनिधि पनि मतदानमा भाग लिन काठमाडौँ आईपुगेका छन् ।

यसैगरी बस्तुगततर्फ १०१ संघहरुले मतदान गर्ने छन् भने जना जिल्ला नगर तर्फबाट १०५ जना अध्यक्षहरुले मतदान गर्ने भएका छन् । एसोसियट, द्विराष्ट्रिय, बस्तुगत र जिल्ला नगरका गरी जम्मा १ हजार ११६ मतदाताको नामावली महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको छ ।

दुई समूह प्रतिस्पर्धामा

आज दिनभर चल्ने निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरू आ-आफ्नो प्यानलसहित चुनावी मैदानमा छन्।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल र किशाेरकुमार प्रधानले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।

ढकालको समूहबाट गुणनीधि तिवारीले जिल्ला/नगर, उमेशलाल श्रेष्ठले वस्तुगत र रामचन्द्र संघाईले एशोसिएट उपाध्यक्षतर्फ उम्मेदवारी दिएका छन्।

ढकाल प्यानलका दुईजना भने निर्वाचनअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

यस्तै अर्का प्रतिस्पर्धी प्रधानको समूहबाट दिनेश श्रेष्ठले जिल्ला/नगर, अन्जान श्रेष्ठले वस्तुगत र सौरभ ज्योतीले एसोसिएटतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।

प्रधानलाई संस्थापनको साथ

वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशाेरकुमार प्रधानलाई महासंघको संस्थापनले खुलेरै साथ दिएको छ।

निवर्तमान, वर्तमान र भावी अध्यक्षले खुलेरै प्रधान आफ्नो समूहको उम्मेदवार भनिरहेका छन्।

भावी अध्यक्ष शेखर गोल्छा र निवर्तमान अध्यक्ष पशुपति मुरारका आफ्नो समूहको उम्मेदवारहरूलाई चुनाव जिताउन भन्दै चुनावी अभियानमा देश दौडाहा नै निक्लिएका थिए।

संस्थापनको साथ पाएपछि आफूले चुनाव जित्ने आधार बनिसकेको प्रधान बताउँछन्।

यद्यपि अर्का उम्मेदवार चन्द्र ढकालमा संस्थापनको साथ नपाए पनि चुनाव जितेर भावी अध्यक्ष बनेरै छाड्ने मनस्थितिमा छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.