add

भारतीय विदेश सचिव श्रृंगला नेपाल आइपुगे






ActPro Nepal

|

११ मंसिर, २०७७

|
1268

काठमाडौं ।  दुई दिने भ्रमणका लागि भारतीय विदेश सचिव नेपाल आइपुगेका छन्।

विदेश सचिव हर्षवद्र्धन श्रंगला अहिले केहीबेर अघि चार्टर्ड विमानमार्फत नेपाल आएका हुन्। 

परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा विदेश सचिव श्रृंगला नेपाल आएका हुन्।

कोरोनोको कारण नेपाल भारतबीच नियमित उडान नभएका कारण उनी इन्डियन एयर फोर्सको विमानबाट आएको परराष्ट्र सचिव पौडेलले जनाकारी दिए।

श्रृंगलाले दुई दिन काठमाडौंमा रहँदा आफ्ना समकक्षी  पौडेलसँग द्विपक्षीय वार्ता गर्ने  कार्यक्रम रहेकाे छ।

‘यो मैत्रीपूर्ण भ्रमण हो। कुनै निश्चित एजेण्डामा वार्ता गर्नका लागि गरिएको भ्रमण होइन,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘वार्तामा नेपाल–भारत द्विपक्षीय चासोका सबै विषय उठ्ने संभावना छ।’

नेपाल भारतबीच सीमा विवादका कारण सम्बन्ध नै तिक्ततापूर्ण भएका बेला भएकाे  विदेशसचिवको भ्रमणलाई निकै चासोका साथ हेरिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.