add

उद्योग वाणिज्य महासंघको साधारणसभा आजबाट शुरू हुँदै,भर्चुअल माध्यमबाट प्रधानमन्त्रीले उद्घाटन गर्ने






ActPro Nepal

|

११ मंसिर, २०७७

|
1081

काठमाडौं । निजी क्षेत्रको सर्वोच्च संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं महाधिवेशन बिहीवारदेखि शुरू हुँदैछ । यस महाधिवेशनले महासंघलाई नयाँ नेतृत्व दिने छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा यस महाधिवेशनपश्चात विधानतः अध्यक्ष बन्नेछन् । कोरोना भाइरसका कारण करिब ७ महिना पर धकेलिएको महासंघको चुनावमा यतिखेर सबैको ध्यान खिचिएको छ ।

भर्चुअल रूपमा हुने साधारण सभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाटै गर्ने कार्यक्रम रहेको छ । महासंघको सचिवालयका अनुसार, बन्द सत्रको कार्यक्रम शुक्रबार पनि अभौतिक रूपमै हुनेछ ।

बन्दसत्रमा महासङ्घको आर्थिकलगायत विभिन्न प्रतिवेदन पेस गर्ने र पास गर्ने कार्यक्रमसहित निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरूले नीतिगत मन्तव्यसमेत राख्ने छन ।

निर्वाचनको कार्यक्रम भने शनिबार तीन स्थानमा राखिएको छ ।

सचिवालयका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानमा जिल्ला नगर समूहको मतदान हुनेछ भने बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा एसोसिएट समूहको मतदान केन्द्र राखिएको छ । वस्तुगततर्फको मतदान भने टेकुस्थित महासङ्घ सचिवालय परिसरमै गर्ने निर्धारण गरिएको छ ।

उम्मेदवारहरुको नामावली अनुसार वरिष्ठ उपाध्यक्षसहित कार्यसमिति सदस्यका लागि १२७ जनाले उमेदवारी दर्ता गराएका छन् ।

त्यसमध्ये दुईजना कार्यसमिति सदस्य निर्विरोध चयन भएका छन् । महासंघको वरिष्ठ उपाध्यक्ष, वस्तुगत, जिल्लारनगर तथा एसोसिएटतर्फ एकरएक उपाध्यक्ष, सात प्रदेश, एक संस्थागत समूहसहित ६४ पदका लागि १२७ जनाको उम्मेदवारी परेको हो ।

नामावली अनुसार केन्द्रीय कार्यसमिति सदस्यमा प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट केन्द्रीय कार्यसमितिमा सन्दीप अग्रवाल निर्विरोध चयन भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधान, उद्योग वाणिज्य समूहको उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ, वस्तुगत समूहको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ एवं एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई र सौरभ ज्योति छन् ।

ढकाल र प्रधानले प्यानलसहित उमेदवारी दर्ता गराएका हुन् । ढकाल प्यालनबाट गुणनिधि तिवारी, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाई छन् भने प्रधान प्यानलबाट दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ र सौरभ ज्योति छन् ।

जिल्लारनगरतर्फ १८ केन्द्रीय कार्यसमिति सदस्यका लागि ३८ जनाको उमेदवारी परेको छ । यस्तै वस्तुगततर्फको १४ कार्यसमिति सदस्यका लागि २९ जना र १९ एसोसिएटतर्फको सदस्यका लागि ३३ जनाको उमेदवारी परेको छ ।

एकजना संस्थागत समूहका लागि तीनजनाको उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ । प्रदेशतर्फ वाग्मती र लुम्बिनी प्रदेशबाट तीन/ तीनजनाको उमेदवारी परेको छ भने प्रदेश २, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट २/२ जनाले केन्द्रीय कार्यसमिति सदस्यका लागि उमेदवारी दिएका छन् ।

यसैगरी बस्तुगततर्फको १४ सदस्यका लागि २९ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने एशोसिएट्सतर्फको १९ पदका लागि ३३ जनाले मनोनयन दर्ता गराएका छन् ।

जिल्ला नगरतर्फको खुला केन्द्रिय सदस्यको १८ पदका लागि ३८ जनाले मनोनय दर्ता गराएका छन् भने प्रदेशतर्फको केन्द्रिय सदस्यको ७ पदका लागि १६ जनाले उम्मेदवारी दिएका छन् ।

जसमध्ये १ नम्बर प्रदेशमा वरिष्ठ उपाध्य ढकाल पक्षका उम्मेदवार राजेन्द्र राउतको मात्रै आवेदन परेकाले उनी निर्विरोध निर्वाचित भैसकेका छन् । यस्तै संस्थापक सदस्यतर्फको १ पदका लागि ३ जनाले आवेदन दिएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.