add

दाल तथा गेडागुडीको मूल्य १३.८६ प्रतिशत बढ्यो






ActPro Nepal

|

११ मंसिर, २०७७

|
1313

काठमाडौं। अघिल्लो वर्षको तुलनामा महँगी बढेको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तीन महिनाको तथ्यांक अनुसार तरकारीको मूल्य असोज महिनामा २३.१ प्रतिशतले बढेको हो ।

२०७६ असोजको तुलनामा २०७७ असोजमा तरकारी उपसमुहको मुल्यवृद्धि २३.१० प्रतिशत र दाल तथा गेडागुडी उपसमुहको मूल्यवृद्धि १३.८६ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.३५ प्रतिशत, तराईमा ४.४६ प्रतिशत, पहाडमा ३.०३ प्रतिशत र हिमालमा ४.३९ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ असोजमा यी क्षेत्रहरुमा क्रमशः ८.१४ प्रतिशत, ५.७५ प्रतिशत, ४.८९ प्रतिशत र ५.११ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

केन्द्रीय बैंकका अनुसार २०७७ असोजमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ८.२६ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२९ प्रतिशत थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ८.८७ प्रतिशत, ८.७८ प्रतिशत र ३.१३ प्रतिशत छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य २.१३ प्रतिशतले घटेको छ ।

२०७७ असोजमा वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचकांक ०.९२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकांक १२.०८ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा ज्यालादर सूचकांक १.१९ प्रतिशतले बढेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.