add

काठमाडौं–तराई मधेस द्रुतमार्ग निर्माणले गति लियो (फोटोफिचर)






ActPro Nepal

|

१० मंसिर, २०७७

|
1294

काठमाडौं । नेपाली सेनाको प्रत्यक्ष व्यवस्थापनमा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माण कार्यले गति लिन थालेको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयले प्रगति विवरण सार्वजनिक गर्दै प्रगति १६ दशमलब २१ प्रतिशत पुगेको जनाएको हो । कोभिड–१९ समस्याका बाबजुद कामलाई तदरुकताका साथ अघि बढिरहेको र हालसम्म आयोजनाको १६ अर्ब ६६ करोड रुपैयाँ खर्च भइसकेको छ।

आयोजनाको काम छैटौँ चरणमा चलिरहेको पनि जनाइएको छ। हालसम्म समष्टिगत प्रगति १६ दशमलव २१ प्रतिशत रहेको सेनाले जनाएको छ। वार्षिक भौतिक प्रगति ४२ दशमलव ८५ र वित्तीय प्रगति ५२ दशमलव ८० रहेको प्रगति विवरणमा उल्लेख छ।

आयोजनाका लागि चालु वर्षमा पुँजीगत र चालुतर्फ गरी आठ अर्ब ९३ करोड ८८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। द्रुतमार्गको समष्टिगत कार्ययोजना अनुसार आयोजनाको कार्यक्षेत्रलाई ११ कलस्टरमा विभाजन गरिएको छ।

आर्थिक वर्ष २०८०/८१ सम्म कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ। तर कोभिडका कारण आयोजना समयमा सकिनेमा चुनौती थपिएको सेनाले जनाएको छ। लक्ष्य अनुसारको काम समेत प्रभावित भएको विवरणमा उल्लेख छ।

आयोजना एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने छ भने ललितपुर, काठमाण्डौं, मकवानपुर र बारा जिल्ला गरी ७२ दशमलब ५ किलोमीटर लामो दुरी रहने आयोजनाले बागमती प्रदेश र प्रदेश २ का गरी चार जिल्ला छुने छ । नीजगढलाई सो मार्गको अन्तिम बिन्दुको रुपमा प्रस्ताव गरिएको छ ।

‘एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने राष्ट्रिय गौरवको यो आयोजनाले विभिन्न व्यवधानका बाबजुद हाल आएर गति पक्डेको छ, जसबाट यसको समयसीमा भित्र निर्माण सम्पन्न हुने सम्भावनामा गुणात्मक वृद्धि भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

२१ बैशाख २०७४ को मन्त्रीपरिषद्को निर्णयबाट सरकारले सो आयोजनाको व्यवस्थापनको जिम्मेवारी सेनालाई दिने निर्णय गरेको थियो ।

यस्तै १ भदौ २०७६ मा सो आयोजनाको डीपीआर स्वीकृत गरिएको थियो । सो डिपिआर अनुसार आयोजनाको अनुमानित लागत १ सय ७५ अर्व रहेको र द्रुतमार्ग आयोजनाको निर्माण आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न गर्ने गरी काम भइरहेको सेनाले बताएको हो ।

आयोजनाको कुल लम्वाई ७२ दशमलब ५ कि.मी. मध्ये ३ वटा सुरुङ्ग मार्गको जम्मा लम्बाई ६ दशमलब ४१ कि.मी., विभिन्न पुलहरुको लम्बाई १० दशमलब ५९ कि.मी. र ढुङ्गा माटोको कट फिल गर्नुपर्ने सडक खण्डको लम्बाई ५५ दशमलब ५ कि.मी.रहेको छ ।


जस अन्तर्गत आयोजनाको ४४ दशमलब १ कि.मी. सडक खण्डको सब ग्रेड लेभलसम्म तयार गर्न समष्टिगत माटो काट्ने र पुर्ने कार्यहरु हालसम्म ८८ प्रतिशत सम्पन्न भएको सेनाले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.