add

नेप्सेमा उछाल, नेप्से ३० अंकले बढ्दा साढे ५ अर्बको कारोबार






ActPro Nepal

|

९ मंसिर, २०७७

|
1220

काठमाडौं । सोमवार सामान्य अंकले घटेको शेयर बजारमा मंगलवार भने उछाल देखिएको छ । आज नेप्से परिसूचक २९.६८ अंकले बढेर १ हजार ८ सय १० अंकमा पुगेको छ ।

मंगलवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । आज सेन्सेटिभ इन्डेक्स ४.४२ अंकले बढेर ३ सय ४९.३७ अंकमा पुगेको छ ।



आज सबैभन्दा धेरै बोटल्स नेपालका शेयर धनीले कमाए । बोटल्स नेपालको शेयर मूल्य ९.९९ प्रतिशत बढ्यो । त्यस्तै, हिमालयन डिस्टिलरीको ९.९८ प्रतिशत, विशाल बजार कम्पनीको ९.९५ प्रतिशतले बढ्यो भने अन्य कम्पनीको पनि राम्रै अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा सोल्टी होटलका शेयर धनी छन् । सोल्टीको शेयर मूल्य ३.२० प्रतिशत घट्यो । त्यस्तै, सप्तकोशी विकास बैंकको ३.०७ प्रतिशत घट्यो ।

सोमवारको तुलनामा आज कारोबारमा पनि सुधार भएको छ । आज १ सय ९६ कम्पनीको १ करोड १७ लाख ४८ हजार छ सय २० कित्ता शेयर ४८ हजार ७ सय ८३ पटक किनबेच हुँदा ५ अर्ब ४४ करोड २९ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भयो ।

आज सबैभन्दा धेरै कारोबार एनआईसी एसिया बैंकले गर्यो । बैंकले मंगलवार ३७ करोड ३३ लाख ८६ हजार रुपैयाँको कारोबार गर्यो । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनीले २८ करोड ५१ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.