add

एनआईसी एशिया बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवार






ActPro Nepal

|

९ मंसिर, २०७७

|
1296

काठमाडौं । एनआइसी एशिया बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट घोषणा गरेको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

बैंकले मंसिर २१ गते वार्षिक साधारण सभा बोलाएको छ । साधरण सभा प्रयोजनाका लागि बैंकले मंसिर १० गतेदेखि मंसिर २१ गतेसम्म बुक क्लोज मिति तोकेको छ । त्यसअनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र साधरण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

साधरण सभा बैंकको रजिष्टार्ड कार्यालय थापाथली, काठमाडौंमा बिहान ९ बजे भर्चुअल माध्यमबाट शुरु हुने बैंकले जनाएको छ ।

साधरण सभामा बैंकले गत वर्षको नाफाबाट प्रस्ताव गरेको १९ प्रतिशत बोनस र कर प्रयोजनसहित १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ ।

यस्तै, बैंकले अन्य बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने सम्बन्धी प्रस्ताव, त्यसको जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव, आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताब, आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायत एजेन्डा सभामा लैजाने भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.