add

साल्ट ट्रेडिङको लाभांश घोषणा






ActPro Nepal

|

८ मंसिर, २०७७

|
946

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक  समितिको बैठकले आर्थिक वर्ष ७५/७६को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गर्दै साधारणसभाको मिति तय गरेको हो ।

जस अनुसार कम्पनीले २५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।  

कम्पनीले मङ्सिर ३० गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १५ देखि मङ्सिर ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १४ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.