add

चाडपर्व लक्षित सुपथ मूल्य पसललाई माघ २ गतेसम्म निरन्तरता






ActPro Nepal

|

८ मंसिर, २०७७

|
1153

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले  चाडपर्व लक्षित गरी सञ्चालन गरेको सुपथ मूल्य पसललाई माघ २ गतेसम्म निरन्तरता दिने भएको छ । 

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले  दसैंदेखि छठसम्मका लागि भनेर सञ्चालनमा ल्याइएका सबै पसल माघी पर्वसम्म खुल्ला गर्न लागेको हो । 

सुपथ मूल्यका पसलहरु कर्णालीको सिमी फापरमा प्रतिकेजी १० रुपैयाँ, चालम लगायतको अन्य खाद्यबस्तुमा प्रतिकेजी ५ रुपैयाँ छुट दिएको सूचनामा उल्लेख गरिएको छ । मंसिर सात गतेसम्म संस्थानले १० हजार २७ क्वीन्टल खाद्य बस्तु बिक्री गरेको जनाएको छ । 

कम्पनीले चाडपर्व लक्षित गरेर देशभर २९ वटा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको थियो।  उपत्यकामा थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकमा रहेका बिक्री काउन्टरबाट सुपथ मूल्य पसल सञ्चालनमा छन् । 

सरकारले खाद्य कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानलाई गत असोज १५ देखि मंसिर ७ गतेसम्म सहुलियत मूल्यमा उक्त पसल सञ्चालनको अनुमति दिएको थियो । 

सरकारले दिएका समयमा कम्पनीको लक्ष्य अनुसार सामग्री बिक्री नभए पनि  कोरोना महामारीका समयमा खाद्य वस्तु अभाव हुन नदिन सहुलियत मुल्यका पसल सञ्चालनको अवधि थप गरिएको कम्पनीले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.