add

विश्वभर कोरोना भाइरस सक्रिय संक्रमितको संख्या १ करोड ६८ लाख






ActPro Nepal

|

८ मंसिर, २०७७

|
527

काठमाडौं । गत २४ घण्टामा विश्वमा ४ लाख ८९ हजार १२ जनामा संक्रमण भएको छ ।

यससँगै कोरोना भाइरसको संक्रमणबाट विश्वभरका सक्रिय संक्रमितको संख्या १ करोड ६८ लाख पुगेको छ । यसमध्ये १ लाख ३ हजार ५७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कुल संक्रमितको संख्या ५ करोड ८९ लाख ८० हजार ५९ पुगेको छ । त्यसमध्ये ४ करोड ७ लाख ६३ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ४०९ जनाको मृत्यु भएको छ ।

यो सँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या १३ लाख ९३ हजार ५३७ पुगेको छ । संक्रमण बढेपछि युरोपेली मुलुकहरूमा फेरि प्रतिबन्ध कायम भएका छन् । बेलायत, इटाली, फ्रान्स लगायतका मुलुकले कतै लकडाउन, कतै निषेधाज्ञा त कतै कर्फ्यू नै जारी गरेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.