nuwaot motsav

थप १६७४ जनामा कोरोना संक्रमण पुष्टि, २३२३ जना डिस्चार्ज




ActPro Nepal

24

2020 Nov 21

काठमाडौं । नेपालमा थप १६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९  पुगेको छ भने अहिलेसम्म १ लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १३०५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारमात्रै २३२३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।




शिक्षाअर्थ/बाणिज्य

प्रतिक्रिया